साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश

राजविराज राजविराज
|
बिहिबार, बैशाख २०, २०८१
|
|
४२ पटक हेरिएको
Shares
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश

सारांश

  •     सप्तरीकी राष्ट्रिय क्रिकेट खेलाडी साझी यादबले बिष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६९ रन र ३ विकेट लिएपछि सप्तरी फाइनलमा प्रवेश गरेको हो ।
  •       बिहिवार सम्पन्न सिरहा र सप्तरीबीचको खेलमा सप्तरीले निर्धारित ओभरमा २ सय ७ रनको विशाल योगफल खडा गरेको थियो ।
  • निर्धारित २० ओभरमा ३ बिकेट गुमाएर उक्त विशाल योगफल खडा गर्नमा सुष्मिता यादबले ४५ रन बनाउदै अविजित रहे ।

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 

    राजबिराजमा संचालित चार दिवसिय वालिका अन्तर हब क्रिकेट प्रतियोगिताको फाइनलमा  सप्तरी प्रवेश गरेको छ । 
    सप्तरीकी राष्ट्रिय क्रिकेट खेलाडी साझी यादबले बिष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६९ रन र ३ विकेट लिएपछि सप्तरी फाइनलमा प्रवेश गरेको हो । 
    बिहिवार सम्पन्न सिरहा र सप्तरीबीचको खेलमा सप्तरीले निर्धारित ओभरमा २ सय ७ रनको विशाल योगफल खडा गरेको थियो । निर्धारित २० ओभरमा ३ बिकेट गुमाएर उक्त विशाल योगफल खडा गर्नमा सुष्मिता यादबले ४५ रन बनाउदै अविजित रहे । 
    जवाफमा सिरहाले २० ओभरमा ५ बिकेट गुमाएर १ सय ३१ रनमै सिमित भयो । जसमा आरती चौधरीले सर्वाधिक ५८ र प्रशिदिका खडकाले ३० रनको योगदान दिएकी थिइन् । बलिङतर्फ सप्तरीकी साझी यादब ३ बिकेट, दिपा राम, सुष्मिता यादब १÷१ बिकेट लिएकी थिइन् । 
    प्लेयर अफ दि म्याच सप्तरीका साझी यादब घोषित भइन । शुक्रबार यसअघि नै फाइनलमा प्रवेश गरेको मोरङ र सप्तरीबीच हुने आयोजक समितिका आशिष गुप्ताले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित 
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित 
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
पत्रकार झामाथी धम्की दिनेलाई पक्राउ  गर्न प्रहरीलाई ४८ घण्टे अल्टिमेटम
पत्रकार झामाथी धम्की दिनेलाई पक्राउ  गर्न प्रहरीलाई ४८ घण्टे अल्टिमेटम
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
विश्वमा शान्ति स्थापनाका लागि महायज्ञ सुरु
विश्वमा शान्ति स्थापनाका लागि महायज्ञ सुरु