निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध

राजविराज राजविराज
|
आइतबार, मंसिर १६, २०७५
|
|
३० पटक हेरिएको
Shares
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध

सारांश

  •     राजगढ गाउँपालिका वडा नं.
  • ५ मलेकपुर टोलदेखि पूर्व नहर नजिक निर्माणाधिन पुलमा बिहिवार राती मोटरसाईकल ठोकिदा घाइते दुई जना मध्ये वडा नं.
  • ४ बेल्ही चपेना निवासी २५ बर्षिय महेश कुमार मण्डलको मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर । 
    हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउँपालिकास्थित निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको विषयमा आइतबार सो सडकखण्ड स्थानियवासीले अवरोध गरेका छन् । 
    राजगढ गाउँपालिका वडा नं. ५ मलेकपुर टोलदेखि पूर्व नहर नजिक निर्माणाधिन पुलमा बिहिवार राती मोटरसाईकल ठोकिदा घाइते दुई जना मध्ये वडा नं. ४ बेल्ही चपेना निवासी २५ बर्षिय महेश कुमार मण्डलको मृत्यु भएको हो । 
    दुर्घटना पश्चात् गम्भिर घाइते भएका मण्डलकको उपचारका क्रममा बिराटनगरस्थित नोभेल अस्पताल शनिबार राती मृत्यु भएको स्थानियवासीले जनाएका छन् । 
    पुल निर्माणमा सम्बन्धित ठेकेदारले लापरवाही गरेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन माँग गर्दै स्थानियवासीले सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन गरेका छन् । 
    यता सो दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति रोशन मण्डलको खुट्टा भाचिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?