चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ८, २०७८
|
|
२२ पटक हेरिएको
Shares
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध

सारांश

  •     हुलाकी सडकको निर्माण कार्य कम्पनीले ढिलासुस्ती गरेकाले सुख्खायाममा धुलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पु लगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि चक्काजाम गर्दै सडकमै धान रोपेर स्थानियवासी र सवारीचालकले बिरोध जनाएका हुन् ।
  •       पत्थरगाढादेखी मुतनी नदीबीचको दर्जनौं ठाउँमा रहेको खाल्डाखुल्डीले पटक पटक दुर्घटना निम्त्याएको स्थानियवासीको भनाई छ ।
  •       सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन चक्काजाम र सांकेतिक बिरोध स्वरुप सडकमै धान रोपेका बताउँदै उनीहरुले यसतर्फ स्थानिय प्रशासनले आवश्यक कदम उठाउनु पर्ने माँग गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ साउन । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित हुलाकी सडकमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार सडकमै धान रोपेर बिरोध जनाइएको छ । 
    हुलाकी सडकको निर्माण कार्य कम्पनीले ढिलासुस्ती गरेकाले सुख्खायाममा धुलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पु लगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि चक्काजाम गर्दै सडकमै धान रोपेर स्थानियवासी र सवारीचालकले बिरोध जनाएका हुन् । 
    पत्थरगाढादेखी मुतनी नदीबीचको दर्जनौं ठाउँमा रहेको खाल्डाखुल्डीले पटक पटक दुर्घटना निम्त्याएको स्थानियवासीको भनाई छ । 
    सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन चक्काजाम र सांकेतिक बिरोध स्वरुप सडकमै धान रोपेका बताउँदै उनीहरुले यसतर्फ स्थानिय प्रशासनले आवश्यक कदम उठाउनु पर्ने माँग गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?