ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  

राजविराज राजविराज
|
आइतबार, आषाढ १७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  

सारांश

  •     गत बैशाख ३१ गते सप्तरीको रुपनी गाउँपालिकामा मृत भेटिएका शम्भुनाथ नगरपालिका वडा नं.
  • २ बस्ने २१ वर्षिय मो.
  • तफेजुलको घटनामा संलग्न रहेका जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १७ असार । 

    सप्तरी जिल्ला अदालतले ज्यान मुद्दामा पक्राउ गरेका एक फरार प्रतिवादीलाई पूर्पक्षका लागि राजविराज कारागार पठाउने आदेश दिएको छ । 
    गत बैशाख ३१ गते सप्तरीको रुपनी गाउँपालिकामा मृत भेटिएका शम्भुनाथ नगरपालिका वडा नं. २ बस्ने २१ वर्षिय मो. तफेजुलको घटनामा संलग्न रहेका जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ७ बस्ने २० वर्षिय दिलिप साहलाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो । 
    रुपनी गाउँपालिका वडा नं. १ रायपुरको रुपनी राजविराज सडकखण्डस्थित निर्माणाधिन कलभर्ट नजिक राजाराम यादवको खेतमा मो.तफेजुल मृत फेला परेका थिए । 
    प्रहरीका अनुसार घटनामा संलग्न साहलाई जेठ १७ गते पक्राउ गरेकोमा मुद्दाको सम्पूर्ण अनुसन्धान कार्य पुरा गरी असार ८ गते जिल्ला सरकारी वकीलको कार्यालय सप्तरीमार्फत जिल्ला अदालतमा पेश गरेको थियो । 
    सोही मुद्दामा अदालतले असार ११ गते साहलाई पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार जारि गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह