दैनिक समाचारदाता
राजविराज, १० पुस ।
नेपाल रास्ट्र बैंकको हरेक नागरिकको बैंकमा पहँुच नीति अन्तरगत एनएमबी बैंकले सप्तरीका दुई स्थानीय तहमा शाखारहित बैंकिङको प्रारम्भ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ स्थित तोपा चौक र तिरहुत गाउँपालिका वडा नं. ४ स्थित डिमनमा शुक्रबार सो शाखारहित बैकिङको उद्घाटन गरेको छ ।
तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनएमबी बैंक प्रदेश नम्बर २ का अपरेसन हेडष्स् िसबिन अर्जेलले बैंकमा सबै नागरिकको पहँुच गराउने उद्देश्य रहेको जानकारी दिएका छन् ।
उनले शाखारहित बैंकिङमा उपकरणको प्रयोग गरि फिङगर प्रिन्ट र डेविट कार्डको माध्यमबाट सजिलै खाता खोल्न सकिने, रकम जम्मा, निकाल्न, मोवाईल रिचार्ज, डिसहोम रिचार्जका साथै बिजुलीको बिल बुझाउन लगायतका सुविधा रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बहरखेरले बैंकको सेवामूलक शाखारहित बैंकिङ प्रणलीबाट गाउँपालिकाका आम नागरिकले अब बैंकिङ सेवाको लागि बाहिर जानुपर्ने झन्झट मुक्त भएको जिकिर गरे ।
उनले आउदो दिनमा तिरहुत गाउपालिकामा शाखारहित होईन शाखासहितको एनएमबी बैंकको लागि पहल गर्ने समेत बताए ।
कार्यक्रममा एनएमबी बैंक तिलाठी कोईलाडीका म्यानेजर दिपेन्द्र दासले यस शाखाको मातहतमा रहि दुवै शाखारहित बैंकिङ सेवाका एजेन्टले काम गर्ने जानकारी दिए । दासले तिलाठी कोईलाडी वडा नं. ८ तोपामा रेखा यादव र तिरहुत वडा नं. ४ डिमनमा विनिता कुमारी यादवलाई एजेन्टको जिम्मेवारी दिएको समेत जानकारी दिए ।
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
- ८ स्थित तोपा चौक र तिरहुत गाउँपालिका वडा नं.
- ४ स्थित डिमनमा शुक्रबार सो शाखारहित बैकिङको उद्घाटन गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया