दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
आइडियल सहकारी संस्था लिमिटेड मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३६औं स्थापना दिवसको अवसरमा आइडियललाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको हो ।
आर्थिक बर्ष २०७९÷०८० मा उत्कृष्ट कार्य गरेवापत विभिन्न संघसंस्था एवम् ब्यक्तिहलाई नेफ्स्कूनले विहिबार काठमाण्डौमा एक कार्यक्रमबीच सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमितिका संयोजक डी.बी. बस्नेतले आईडियल सहकारीलाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको घोषणा गरे ।
यसैबीच आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आशले विहिबार एक विज्ञप्ति जारी गर्दै संस्थालाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएकोमा खुशी ब्यक्त गर्दै उक्त सम्पूर्ण शेयर सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् ।
स्थापनाको २५औं बर्षमा प्रवेश गरेको आइडियल सहकारी संस्थाले मधेश प्रदेशमै उत्कृष्ट कार्य गरे वापत पाएको सम्मान तथा पुरस्कार आफ्ना १४ हजार ४२५ जना सदस्यहरुको विश्वास, २१ जना कर्मचारी र ५ जना बजार प्रतिनिधिको अथक मिहनेतकै प्रतिफल स्वरुप पाएको विज्ञप्तिमार्फत अध्यक्ष आशले बताएका छन् । उक्त पुरस्कार तथा सम्मान नेफ्स्कूनको साधारण सभामा वितरण गरिने बताइएको छ ।
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी
सारांश
- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३६औं स्थापना दिवसको अवसरमा आइडियललाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा चयन गरिएको हो ।
- आर्थिक बर्ष २०७९÷०८० मा उत्कृष्ट कार्य गरेवापत विभिन्न संघसंस्था एवम् ब्यक्तिहलाई नेफ्स्कूनले विहिबार काठमाण्डौमा एक कार्यक्रमबीच सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
- स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमितिका संयोजक डी.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया