दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
आर्थिक अनियमितता भएको भन्दै सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार तालाबन्दी गरिएको छ । चार दलिय गठबन्धनद्वारा गठित संर्घष समितीद्वारा सो तालाबन्दी गरिएको हो ।
संघर्ष समितीका संयोजक समेत रहेका नेपाली काँग्रेस नगर समितीका सभापती युवराज खनालले अनियमितताको छानवीन हुनु पर्ने तथा नगरपालिकाको आय–ब्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको आरोप लगाएका छन् ।
नगरपालिकामा भएको आर्थिक कारोबार र कर्मचारी नियुक्ति प्रक्रिया बारे सम्पुर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएपछी बाध्य भई तालाबन्दी गर्नु परेको उनले बताए ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत (समाजवादी) द्वारा गठित संघर्ष समितीले महालेखा नियन्त्रणको कार्यालय र आन्तरिक लेखापरिक्षणबाट बेरुजु ठहर गरिएका खर्चको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माग गरेको छ ।
यस्तै सडक बोर्डबाट प्राप्त बजेट तथा खर्च विवरण, कोभिड १९ र विपद व्यवस्थापन शिर्षकमा भएको आम्दानी र खर्च विवरण सार्वजनिकका साथै आ.ब. २०७८÷०७९ मा नगरपालिकाका सबै ११ वटै वडाको तय गरिएको योजना अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था लगायतका ६ बुँदे माग अघि सारिएको छ ।
नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, योजना, लेखा लगायतका कार्यकक्ष र फाँटमा तालाबन्दी गरिएपछी सेवा प्रवाह ठप्प भएको छ । नगर प्रमुख गौतमले भने कुनै किसिमको अनियमितता नभएको दाबी गर्दै सर्घष समितीद्वारा वार्ता गरी समाधानको पहल थालेको प्रतिक्रिया दिएका छन् ।
सोही माग राख्दै संघर्ष समितीले पछिल्लो पटक माघ २४ गते ज्ञापन पत्र बुझाएको थियो ।
आर्थिक अनियमितता भएको भन्दै सप्तकोशी नगरपालिकामा तालाबन्दी
सारांश
- संघर्ष समितीका संयोजक समेत रहेका नेपाली काँग्रेस नगर समितीका सभापती युवराज खनालले अनियमितताको छानवीन हुनु पर्ने तथा नगरपालिकाको आय–ब्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको आरोप लगाएका छन् ।
- नगरपालिकामा भएको आर्थिक कारोबार र कर्मचारी नियुक्ति प्रक्रिया बारे सम्पुर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएपछी बाध्य भई तालाबन्दी गर्नु परेको उनले बताए ।
- नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत (समाजवादी) द्वारा गठित संघर्ष समितीले महालेखा नियन्त्रणको कार्यालय र आन्तरिक लेखापरिक्षणबाट बेरुजु ठहर गरिएका खर्चको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माग गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया