आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ५, २०७८
|
|
२२ पटक हेरिएको
Shares
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी

सारांश

  •     संघर्ष समितीका संयोजक समेत रहेका नेपाली काँग्रेस नगर समितीका सभापती युवराज खनालले अनियमितताको छानवीन हुनु पर्ने तथा नगरपालिकाको आय–ब्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको आरोप लगाएका छन् ।
  •       नगरपालिकामा भएको आर्थिक कारोबार र कर्मचारी नियुक्ति प्रक्रिया बारे सम्पुर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएपछी बाध्य भई तालाबन्दी गर्नु परेको उनले बताए ।
  •       नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत (समाजवादी) द्वारा गठित संघर्ष समितीले महालेखा नियन्त्रणको कार्यालय र आन्तरिक लेखापरिक्षणबाट बेरुजु ठहर गरिएका खर्चको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माग गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
    आर्थिक अनियमितता भएको भन्दै सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार तालाबन्दी गरिएको छ । चार दलिय गठबन्धनद्वारा गठित संर्घष समितीद्वारा सो तालाबन्दी गरिएको हो । 
    संघर्ष समितीका संयोजक समेत रहेका नेपाली काँग्रेस नगर समितीका सभापती युवराज खनालले अनियमितताको छानवीन हुनु पर्ने तथा नगरपालिकाको आय–ब्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको आरोप लगाएका छन् । 
    नगरपालिकामा भएको आर्थिक कारोबार र कर्मचारी नियुक्ति प्रक्रिया बारे सम्पुर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएपछी बाध्य भई तालाबन्दी गर्नु परेको उनले बताए । 
    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत (समाजवादी) द्वारा गठित संघर्ष समितीले महालेखा नियन्त्रणको कार्यालय र आन्तरिक लेखापरिक्षणबाट बेरुजु ठहर गरिएका खर्चको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माग गरेको छ । 
    यस्तै सडक बोर्डबाट प्राप्त बजेट तथा खर्च विवरण, कोभिड १९ र विपद व्यवस्थापन शिर्षकमा भएको आम्दानी र खर्च विवरण सार्वजनिकका साथै आ.ब. २०७८÷०७९ मा नगरपालिकाका सबै ११ वटै वडाको तय गरिएको योजना अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था लगायतका ६ बुँदे माग अघि सारिएको छ । 
    नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, योजना, लेखा लगायतका कार्यकक्ष र फाँटमा तालाबन्दी गरिएपछी सेवा प्रवाह ठप्प भएको छ । नगर प्रमुख गौतमले भने कुनै किसिमको अनियमितता नभएको दाबी गर्दै सर्घष समितीद्वारा वार्ता गरी समाधानको पहल थालेको प्रतिक्रिया दिएका छन् । 
    सोही माग राख्दै संघर्ष समितीले पछिल्लो पटक माघ २४ गते ज्ञापन पत्र बुझाएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव