दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
युृवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सप्तरीमा तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।
कृषि ज्ञान केन्द्र सप्तरीको आयोजनामा उक्त तीन दिने तालिमको आयोजना गरिएको हो । कृषि उत्पादनमा बृद्धि तथा बेरोजगारलाई क्षमता अभिवृद्धी, विऊ विजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि आधारभुत तालिम शूरु भएको छ ।
तालिमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बेरोजगारी समस्या हल गर्नका लागी कृषिको उत्थान हुनु आवश्यक रहेको बताए । तालिमले कृषि उत्थान र युवालाई आफ्नै गाउँ ठाउँमा काम गर्न मद्दत पु¥याउने उनको बताए ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले तालिममा सहभागी हुन सय भन्दा बढी आवेदन परे पनि सिमित बजेट र बर्तमान अवस्थालाई हेरी ३५ जनाको मात्र छनौट गरिएको बताए । उनले आवेदकहरु मध्येबाट जिल्लाका १८ वटै स्थानीय तहको प्रतिनिधीत्व हुने गरी ३५ जनाको छनौट गरी तालिम दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
तालिममा सहभागी भएकाहरुको परिक्षा लिईने र उत्तिर्ण हुनेरुलाई दिईने प्रमाण पत्र (लाईसेन्स) का आधारमा विऊ विजन उत्पादन, विक्री वितरण र व्यवस्थापन लगायतका काम गर्न पाउने उनको भनाई थियो ।
कार्यक्रममा बालि संरक्षण अधिकृत सुब्बालाल मण्डल, दिनेश्वर प्रसाद यादव लगायतले पनि कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । तालिममा सहभागीहरुलाई विऊ विजन गुणस्तर केन्द्र काठमाण्डौका कृषि विज्ञ प्रशिक्षक रचना देव र हरि यादवले प्रशिक्षण दिईरहेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु
सारांश
- कृषि ज्ञान केन्द्र सप्तरीको आयोजनामा उक्त तीन दिने तालिमको आयोजना गरिएको हो ।
- कृषि उत्पादनमा बृद्धि तथा बेरोजगारलाई क्षमता अभिवृद्धी, विऊ विजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि आधारभुत तालिम शूरु भएको छ ।
- तालिमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बेरोजगारी समस्या हल गर्नका लागी कृषिको उत्थान हुनु आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया