दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
त्रिभुवन विश्व विद्यालयको हिन्दी केन्द्रीय विभाग किर्तिपुरका प्राध्यापक विनोद कुमार विश्वकर्मा प्रथम अन्तर्राष्ट्रिय तथागत शिखर पुरस्कारबाट सम्मानित भएका छन् ।
विगत लामो समयदेखि हिन्दी तथा नेपाली भाषा, साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सिद्धार्थ तथागत कला साहित्य संस्था भारतले प्राध्यापक विश्वकर्मालाई सम्मान गरेको हो ।
भारतको लखनउमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्थाले प्राध्यापक विश्वकर्मालाई नगद, मेडल तथा प्रमाणपत्रका साथ सम्मान गरेको छ ।
भाषा र साहित्यको क्षेत्रका बिशेष योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको सो सम्मानबाट दलित समुदायको पहिलो व्यक्ति रुपमा प्राध्यापक विश्वकर्मा सम्मानित भएका हुन् ।
नेपालमा हिन्दी भाषाका गोल्ड मेडलिष्ट समेत रहनुभएका प्राध्यापक विश्वकर्माले दुई दर्जन भन्दा बढी नेपाली तथा हिन्दी भाषाका पुस्तकहरुको सम्पादन गरिसकेका छन् । नेपाली, हिन्दी र अंग्रेजी भाषामा दखल प्राध्याक विश्वकर्माको ‘विश्व हिन्दी यात्रा’ लगायतका पुस्तकसहित ‘नेपाली लघुकथा संग्रह’ प्रकाशन भईसकेको छ भने ‘नेपालको दलित समुदाय’ प्रकाशोन्मुख अवस्थामा छ ।
भाषा, कला साहित्यसँगै पत्रकारितामा समेत सक्रिय प्राध्यापक विश्वकर्माको नेपाली भाषाका ८० र हिन्दी भाषाका ६० भन्दा बढी लेख रचनाहरु प्रकाशन भईसकेको छ ।
लोकसमिक्षा साप्ताहिक पत्रिका, द सोसलिष्ट त्रैमासिक पत्रिकाका सम्पादक समेत रहनुभएका पिएचडी स्कलर विश्वकर्मा हाल सोसलिष्ट टिभी यूट्यूव च्यानलको कार्यक्रम प्रस्तोता समेत हन् ।
प्राध्याक विश्वकर्मा तथागत शिखर पुस्कारबाट सम्मानित
सारांश
- विगत लामो समयदेखि हिन्दी तथा नेपाली भाषा, साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सिद्धार्थ तथागत कला साहित्य संस्था भारतले प्राध्यापक विश्वकर्मालाई सम्मान गरेको हो ।
- भारतको लखनउमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्थाले प्राध्यापक विश्वकर्मालाई नगद, मेडल तथा प्रमाणपत्रका साथ सम्मान गरेको छ ।
- भाषा र साहित्यको क्षेत्रका बिशेष योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको सो सम्मानबाट दलित समुदायको पहिलो व्यक्ति रुपमा प्राध्यापक विश्वकर्मा सम्मानित भएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया