दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक प्रबद्र्धनका लागी सप्तरी महोत्सव आईतवारदेखी राजविराजमा सूरु भएको छ ।
स्थानीय राजरंगशालमा १५ दिन सम्म चल्ने महोत्सवको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले उदघाटन गरेकी छिन् ।
सो अवसरमा उनले सप्तरी महोत्सवले सप्तरीको धार्मिक, साँस्कृति, पर्यटन, कृषि तथा ब्यापार प्रवद्र्धनका लागी टेवा पुग्ने विश्वास ब्यक्त गरिन । निजि क्षेत्रको साझेदारी विना विकास सम्भव नभएको जिकिर गर्दै उनले विकास र समृद्धिको सहयात्री बनाउने गरी सरकारले नीति बनाउनु पर्नेमा जोड समेत दिईन ।
महोत्सव आयोजक सप्तरी युथ नेपाल राजविराजका कार्यवाहक अध्यक्ष मोहन कुमार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समाहरोमा नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, प्रमुख जिल्ला अधिकारी किरण थापा, पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण कुमार देव, मैथिली साहित्य परिषद सप्तरी अध्यक्ष अवधेश झा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रकी मुख्य प्रभारी भगवती दिदी, राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल लगायतले पनि बोल्दै महोत्वसले सप्तरीको धार्मिक, पर्यटन, कृषि र व्यापार व्यवसायको विकासमा टेवा पुग्ने बताए ।
महोत्सवस्थल भित्र मदिरा र सूर्तीजन्य पदार्थ सेवन गरेकाहरुलाई प्रवेश निषेध गर्नुका साथै भित्र सोको बेचबिखनमा समेत प्रतिबन्ध लगाइएको महोत्सव मेला समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
महोत्सवमा औधोगिक, व्यापारिक, हस्तकला, कृषि, घरेलु उधोगबाट उत्पादिन वस्तु, कलासंस्कृती झल्कने कार्यक्रम एवं वस्तुको प्रर्दशनीका तीन दर्जन भन्दा बढी स्टलका साथै मनोरञ्जनका लागी विभिन्न खेल तमाशाको व्यवस्था गरिएको महोत्वसका संयोजक यादवले जानकारी दिएका छन् ।
सप्तरी महोत्सव सूरु
सारांश
- स्थानीय राजरंगशालमा १५ दिन सम्म चल्ने महोत्सवको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले उदघाटन गरेकी छिन् ।
- सो अवसरमा उनले सप्तरी महोत्सवले सप्तरीको धार्मिक, साँस्कृति, पर्यटन, कृषि तथा ब्यापार प्रवद्र्धनका लागी टेवा पुग्ने विश्वास ब्यक्त गरिन ।
- निजि क्षेत्रको साझेदारी विना विकास सम्भव नभएको जिकिर गर्दै उनले विकास र समृद्धिको सहयात्री बनाउने गरी सरकारले नीति बनाउनु पर्नेमा जोड समेत दिईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया