दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 

राजविराज राजविराज
|
शुक्रबार, पौष २६, २०८१
|
|
४१ पटक हेरिएको
Shares
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 

सारांश

  •     कार्यक्रममा नगरप्रमुख शिवशंकर महतोले दलित समुदायको विकास र सशक्तीकरणका लागि पालिकाले प्रयास गरिरहेको र आगामी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
  •     नगरप्रमुख महतोले बजेट निर्माणमा दलित समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै पालिकाले हालसम्म मुसहर समुदायलाई लक्षित गर्दै करार खेती आयोजना सञ्चालन, किसानहरूलाई मोटर वितरण, र चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे ।
  • कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले बालविवाह मुक्त नगर घोषणाका लागि दलित समुदायका छोरीहरूलाई २० वर्षपछि विवाह गर्दा १० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराइन् ।

दैनिक समाचारदाता
सिरहा, २६ पुस । 

    सिरहाको धनगढीमाई नगरपालिकामा “धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रममा नगरप्रमुख शिवशंकर महतोले दलित समुदायको विकास र सशक्तीकरणका लागि पालिकाले प्रयास गरिरहेको र आगामी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    नगरप्रमुख महतोले बजेट निर्माणमा दलित समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै पालिकाले हालसम्म मुसहर समुदायलाई लक्षित गर्दै करार खेती आयोजना सञ्चालन, किसानहरूलाई मोटर वितरण, र चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले बालविवाह मुक्त नगर घोषणाका लागि दलित समुदायका छोरीहरूलाई २० वर्षपछि विवाह गर्दा १० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराइन् । उनले दलित समुदायका नेताहरू बजेट निर्माण र नीतिगत सुधारमा पर्याप्त सक्रिय नभएकोले पनि दलित लक्षित बजेट न्यून रहेको बताइन् ।
    कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । संयोजक मनिष कोइराला र सुशिन्द्र पासवानले प्रस्तुत गरेको प्रतिवेदनमा धनगढीमाई नगरपालिकामा दलित समुदायको बजेट, नीति र कार्यक्रममा पहुँचको अवस्था विवरण प्रस्तुत गरिएको थियो । सहभागीहरूले पालिकाको उत्तरदायित्वलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे ।
    स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति धनगढीमाईका संयोजक टिकाराम विश्वकर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नगरपालिका सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, अनुगमन समितिका सदस्य, पत्रकार समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?