मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट

राजविराज राजविराज
|
आइतबार, पौष १४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट

सारांश

  •     छिन्नमस्ता गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा समारोहमा जानुपूर्व सोही स्थानमा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पुजाआजार गर्न पसेका मुख्यमन्त्री सतिशसँग बिहारका मन्त्री निरजको भेट भएको हो ।
  •       बिहारका मन्त्री सपरिवार पुजाका लागि सोही समयमा मन्दिर पुगेपछि पुजाआजा पश्चात दुवैबीच नेपाल तथा भारतको सीमा क्षेत्रका सुरक्षा व्यवस्था, सडकको स्तरोन्नति लगायतका विषयमा छलफल भएको थियो ।
  •       मुख्यमन्त्री सिंहले बिहार तर्फको न्यौर, डगमारा, कुनौली तथा नेपाल तर्फको छिन्नमस्ता सडक खण्डको स्तरोन्नती एवम् कुनौलीको दशगजामा नेपाल–भारत मैत्रीपूर्ण निर्माणका लागि बिहारका मन्त्री निरजको ध्यानाकर्षण गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस । 

    बालविवाह मुक्त पालिका घोषणाका लागि आईतवार सप्तरीको छिन्नमस्ता पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारत विहार राज्यको लोकस्वास्थ अभियन्त्रण मन्त्री निरज कुमार सिंहसँग भेट भएको छ । 
    छिन्नमस्ता गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा समारोहमा जानुपूर्व सोही स्थानमा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पुजाआजार गर्न पसेका मुख्यमन्त्री सतिशसँग बिहारका मन्त्री निरजको भेट भएको हो । 
    बिहारका मन्त्री सपरिवार पुजाका लागि सोही समयमा मन्दिर पुगेपछि पुजाआजा पश्चात दुवैबीच नेपाल तथा भारतको सीमा क्षेत्रका सुरक्षा व्यवस्था, सडकको स्तरोन्नति लगायतका विषयमा छलफल भएको थियो । 
    मुख्यमन्त्री सिंहले बिहार तर्फको न्यौर, डगमारा, कुनौली तथा नेपाल तर्फको छिन्नमस्ता सडक खण्डको स्तरोन्नती एवम् कुनौलीको दशगजामा नेपाल–भारत मैत्रीपूर्ण निर्माणका लागि बिहारका मन्त्री निरजको ध्यानाकर्षण गराएका थिए । 
    आफ्ना कुरा सुनेपछि सडक स्तरोन्नति तथा पुल निर्माणले दुवै देशबीचको आवागमणमा अझ सहज हुने भन्दै त्यसका लागि आफ्नो स्तरबाट सक्दो पहल गर्ने बिहारका मन्त्री निरजले आश्वासन दिएको मुख्यमन्त्री सतिशले जानकारी दिएका छन् । 
    मुख्यमन्त्री सिंह र बिहारका मन्त्री निरजबीच पारिवारिक सम्बन्ध समेत रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
सहिद खुशिलाल यादवको स्मृती दिवस मनाइयो 
सहिद खुशिलाल यादवको स्मृती दिवस मनाइयो 
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु