दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
सप्तरीमा बिहीबार ३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ६१ जनाको पिसिआर परिक्षण गर्दा सिरहा भगवानपुर २ निवासी एक ५० वर्षिय पुरुषसहित ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या २ सय ६४ पुगेको छ ।
बिहीबार संक्रमित हुनेहरुमा सबैभन्दा बढी राजविराज नगरपालिकाका विभिन्न वडाका बासिन्दा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमध्ये राजविराज वडा नं. २ का २४ वर्षीय पुरुष र ४४ वर्षीया महिला, ३ की २५ वर्षीया महिला, ४ का २९ वर्षीय पुरुष, ६ का ४७, ५१ , ५५ वर्षीय पुरुष, ७२ वर्षीया महिला, वडा नं ७ का ५९ वर्षीय पुरुष र ४० वर्षीया महिला, ८ का २५र २६ वर्षीय पुरुष, ९ का १७ वर्षीय पुरुष र ४० वर्षीया महिला, १० की ४६ वर्षीया महिला, १२ का २४ र २९ वर्षीय पुरुष, १३ की ६० वर्षीया महिला र १६ का ३५ वर्षीय पुरुष संक्रमित भएका छन् ।
यस्तै जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. १ का ४० र ४८ वर्षीय पुरुष, ८० वर्षीया महिला, बोदेबरसाइन नगरपालिका वडा नं. ३ का ३६ वर्षीय पुरुष, खडक नगरपालिका ३ की ३० वर्षीया महिला, शम्भुनाथ नगरपालिका वडा नं. ८ का २९ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका ५ का २३ र ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरि हनुमाननगर कंकालिनी नगरपालिका ३ का ६३ वर्षीय पुरुष, ४ की २९ वर्षीया महिला, राजगढ गाउँपालिका वडा नं. ९ का ५ का ५५ वर्षीय पुरुष, ६ की २२ वर्षीया महिला, ८ का ६० वर्षीय पुरुष, महादेव गाउँपालिका ५ का २७ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका ४ का ३५, ५२ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका ७ का ४६ वर्षीय पुरुष र रुपनी गाउँपालिका १ की ५५ वर्षीया महिला संक्रमित भएकी छिन् ।
सप्तरीमा संक्रमितको संख्या २ सय ६४ ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
सारांश
- बिहीबार संक्रमित हुनेहरुमा सबैभन्दा बढी राजविराज नगरपालिकाका विभिन्न वडाका बासिन्दा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- जसमध्ये राजविराज वडा नं.
- २ का २४ वर्षीय पुरुष र ४४ वर्षीया महिला, ३ की २५ वर्षीया महिला, ४ का २९ वर्षीय पुरुष, ६ का ४७, ५१ , ५५ वर्षीय पुरुष, ७२ वर्षीया महिला, वडा नं ७ का ५९ वर्षीय पुरुष र ४० वर्षीया महिला, ८ का २५र २६ वर्षीय पुरुष, ९ का १७ वर्षीय पुरुष र ४० वर्षीया महिला, १० की ४६ वर्षीया महिला, १२ का २४ र २९ वर्षीय पुरुष, १३ की ६० वर्षीया महिला र १६ का ३५ वर्षीय पुरुष संक्रमित भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया