आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 

राजविराज राजविराज
|
आइतबार, मंसिर २५, २०७९
|
|
४२ पटक हेरिएको
Shares
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 

सारांश

  •     आवश्यक सावधानी नअपनाउँदा जिल्लाको ग्रामिण क्षेत्रमा आगलागीले एक पछी अर्काे घर सखाफ हुने घट्ना बढ्दै गएपछी सो संस्थाले सचेतनासंगै राहत वितरण कार्यलाई पनि तीव्र बनाएको हो ।
  •       यसैक्रममा आइतवार सो क्लबले आगलागीबाट घरवारविहीन भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ की एकल महिला ६० वर्षिया खोतोजा खातुनलाई प्रारम्भिक राहत स्वरुप त्रिपाल, तन्ना, भाडाँकुडा, लत्ताकडा लगायतका सामाग्री पदान गरेको छ ।
  •       पीडितको घर आँगन मै पुगी क्लबका अध्यक्ष इन्जिनीयर सूर्यनारायण यादवले उक्त राहत सामाग्री प्रदान गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 

    सामाजिक क्षेत्रमा क्रियाशील धर्मी हल्फा महिला विकास क्लब सप्तरीले आगलागिका घटना हुन नदिन सचेतना फैलाउनुका साथै राहत बितरण कार्यक्रमलाई तिब्र बनाएको छ । 
    आवश्यक सावधानी नअपनाउँदा जिल्लाको ग्रामिण क्षेत्रमा आगलागीले एक पछी अर्काे घर सखाफ हुने घट्ना बढ्दै गएपछी सो संस्थाले सचेतनासंगै राहत वितरण कार्यलाई पनि तीव्र बनाएको हो । 
    यसैक्रममा आइतवार सो क्लबले आगलागीबाट घरवारविहीन भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ की एकल महिला ६० वर्षिया खोतोजा खातुनलाई प्रारम्भिक राहत स्वरुप त्रिपाल, तन्ना, भाडाँकुडा, लत्ताकडा लगायतका सामाग्री पदान गरेको छ । 
    पीडितको घर आँगन मै पुगी क्लबका अध्यक्ष इन्जिनीयर सूर्यनारायण यादवले उक्त राहत सामाग्री प्रदान गरेका हुन् । तीन दिन अघि भएको आगलागीबाट उनी बस्ने घरका साथै खाद्यन्न, लताकपडा, भाडाकुडा लगायतका सामाग्री जलेर नष्ट हुँदा विचल्लीमा परेकी थिइन । 
    दुई महिना यता अध्यक्ष इ.यादवले जिल्लाको बोदे बर्साइन नगरपालिका, खडक नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्निसाइर कृष्णा सवरण गाउँपालिका र डाक्नेश्वर नगरपालिका लगायतका आधा दर्जन स्थानमा भएको आगलागीका घट्नाबाट पीडित भएकाहरुको घरमै पुगी राहत बाँडेका छन् । 
    उनले राहत बाड्ने काम मात्रै गरेका छैनन । आगलागीका घटना हुन नदिन अपनाउनु पर्ने सावधानी तथा आगलागी भइहाले क्षति न्यूनिकरणका लागी अपनाउनु पर्ने उपायबारे समेत सचेतना दिने गरेका छन् । 
    राहत वितरण स्थलमा उपस्थित भएका पीडित तथा आसपासका वासिन्दालाई अध्यक्ष यादवले आगलागी पुर्व र आगलागी पछिको सांकेतिक अभ्यास मार्फत पुर्वतयारीका लागी के–के गर्नुृ पर्ने रहेछ भन्ने ज्ञान समेत बाँडने गरेका छन् । 
    विपद बाजा बजाएर नआउने बताउने गरेका उनले सप्तरी आगलागीका लागी जोखिमयुक्त जिल्लामा पर्ने भएकाले आगालगीको समयमा मानवीय र भौतिक क्षति न्युनिकरणका लागी राहत संगै सचेतना दिने गरेको बताए । 
    सप्तरीमा गत आर्थिक वर्ष २०७८÷०७९ मा आगलागीका १ सय ७७ घट्ना भएका थिए । जसबाट करिब ३ करोड ५५ लाख ७४ हजार ९ सय रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याँकले देखाएको छ । 
    यस्तै चालु आ.व.२०७९÷८० को हाल सम्मको अवधीमा आगलागीका १८ वटा घट्ना भई १ करोड भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
आगलागीमा पाँच लाख बराबरको क्षति
आगलागीमा पाँच लाख बराबरको क्षति
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?