आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 

राजविराज राजविराज
|
आइतबार, मंसिर २५, २०७९
|
|
७० पटक हेरिएको
Shares
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 

सारांश

  •     आवश्यक सावधानी नअपनाउँदा जिल्लाको ग्रामिण क्षेत्रमा आगलागीले एक पछी अर्काे घर सखाफ हुने घट्ना बढ्दै गएपछी सो संस्थाले सचेतनासंगै राहत वितरण कार्यलाई पनि तीव्र बनाएको हो ।
  •       यसैक्रममा आइतवार सो क्लबले आगलागीबाट घरवारविहीन भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ की एकल महिला ६० वर्षिया खोतोजा खातुनलाई प्रारम्भिक राहत स्वरुप त्रिपाल, तन्ना, भाडाँकुडा, लत्ताकडा लगायतका सामाग्री पदान गरेको छ ।
  •       पीडितको घर आँगन मै पुगी क्लबका अध्यक्ष इन्जिनीयर सूर्यनारायण यादवले उक्त राहत सामाग्री प्रदान गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 

    सामाजिक क्षेत्रमा क्रियाशील धर्मी हल्फा महिला विकास क्लब सप्तरीले आगलागिका घटना हुन नदिन सचेतना फैलाउनुका साथै राहत बितरण कार्यक्रमलाई तिब्र बनाएको छ । 
    आवश्यक सावधानी नअपनाउँदा जिल्लाको ग्रामिण क्षेत्रमा आगलागीले एक पछी अर्काे घर सखाफ हुने घट्ना बढ्दै गएपछी सो संस्थाले सचेतनासंगै राहत वितरण कार्यलाई पनि तीव्र बनाएको हो । 
    यसैक्रममा आइतवार सो क्लबले आगलागीबाट घरवारविहीन भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ की एकल महिला ६० वर्षिया खोतोजा खातुनलाई प्रारम्भिक राहत स्वरुप त्रिपाल, तन्ना, भाडाँकुडा, लत्ताकडा लगायतका सामाग्री पदान गरेको छ । 
    पीडितको घर आँगन मै पुगी क्लबका अध्यक्ष इन्जिनीयर सूर्यनारायण यादवले उक्त राहत सामाग्री प्रदान गरेका हुन् । तीन दिन अघि भएको आगलागीबाट उनी बस्ने घरका साथै खाद्यन्न, लताकपडा, भाडाकुडा लगायतका सामाग्री जलेर नष्ट हुँदा विचल्लीमा परेकी थिइन । 
    दुई महिना यता अध्यक्ष इ.यादवले जिल्लाको बोदे बर्साइन नगरपालिका, खडक नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्निसाइर कृष्णा सवरण गाउँपालिका र डाक्नेश्वर नगरपालिका लगायतका आधा दर्जन स्थानमा भएको आगलागीका घट्नाबाट पीडित भएकाहरुको घरमै पुगी राहत बाँडेका छन् । 
    उनले राहत बाड्ने काम मात्रै गरेका छैनन । आगलागीका घटना हुन नदिन अपनाउनु पर्ने सावधानी तथा आगलागी भइहाले क्षति न्यूनिकरणका लागी अपनाउनु पर्ने उपायबारे समेत सचेतना दिने गरेका छन् । 
    राहत वितरण स्थलमा उपस्थित भएका पीडित तथा आसपासका वासिन्दालाई अध्यक्ष यादवले आगलागी पुर्व र आगलागी पछिको सांकेतिक अभ्यास मार्फत पुर्वतयारीका लागी के–के गर्नुृ पर्ने रहेछ भन्ने ज्ञान समेत बाँडने गरेका छन् । 
    विपद बाजा बजाएर नआउने बताउने गरेका उनले सप्तरी आगलागीका लागी जोखिमयुक्त जिल्लामा पर्ने भएकाले आगालगीको समयमा मानवीय र भौतिक क्षति न्युनिकरणका लागी राहत संगै सचेतना दिने गरेको बताए । 
    सप्तरीमा गत आर्थिक वर्ष २०७८÷०७९ मा आगलागीका १ सय ७७ घट्ना भएका थिए । जसबाट करिब ३ करोड ५५ लाख ७४ हजार ९ सय रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याँकले देखाएको छ । 
    यस्तै चालु आ.व.२०७९÷८० को हाल सम्मको अवधीमा आगलागीका १८ वटा घट्ना भई १ करोड भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?