बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो

राजविराज राजविराज
|
आइतबार, मंसिर ८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो

सारांश

  •     सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं.
  • ७ मा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अपमान सहेर सरकारमा बस्नुभन्दा राजिनामा दिएर बैकल्पिक शक्ति निर्माणकालागि तयार रहन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सुझाव समेत दिए ।
  •       नेता महतोले मधेशी, आदिवासी, जनजातीका समस्यालाई संबिधान संशोधनबाट सम्बोधन नभएसम्म चुपलागेर नबस्ने अठोट आफूहरुले लिएको भन्दै यसकालागि काँग्रेस, कम्यूनिष्ट बाहेकका सबै पहिचानवादी, अधिकारवादी तथा आन्दोलनकारी शक्तिसँग एकजुट भई बृहत बैकल्पिक शक्ति निर्माण अहिलेको आवश्यकता रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसीर । 
    राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र काँग्रेसको बिरुद्धमा अर्को बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपालले अग्रसर भएको बताएका छन् ।  उनले सरकारबाट राजिनामा दिएर आए समाजवादी पार्टीसँग पनि एकीकरण गरी त्यस्तो शक्ति निर्माण गर्न सहज हुने समेत बताएका छन् ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं.७ मा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अपमान सहेर सरकारमा बस्नुभन्दा राजिनामा दिएर बैकल्पिक शक्ति निर्माणकालागि तयार रहन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सुझाव समेत दिए । 


    नेता महतोले मधेशी, आदिवासी, जनजातीका समस्यालाई संबिधान संशोधनबाट सम्बोधन नभएसम्म चुपलागेर नबस्ने अठोट आफूहरुले लिएको भन्दै यसकालागि काँग्रेस, कम्यूनिष्ट बाहेकका सबै पहिचानवादी, अधिकारवादी तथा आन्दोलनकारी शक्तिसँग एकजुट भई बृहत बैकल्पिक शक्ति निर्माण अहिलेको आवश्यकता रहेको बताए । उनले भने, “सरकारमा बसेर आन्दोलन सम्भव नरहेको कुरा उपेन्द्र जीले पनि बुझ्नु आवश्यक छ ।” 
    राष्ट्रिय जनता पार्टी पनि सरकारमा जाने भनि चलाईएको हल्ला सत्ताधारी तथा तिनका समर्थक मिडियाको काम रहेको भन्दै उनले त्यस्ता असत्य कुराको पछि नलाग्न आग्रह समेत गरे । आफूहरु सत्तामा जान होईन बरु कम्यूनिष्ट सरकारलाई सत्ताच्युतकालागि शक्ति सञ्चयमा लागेको उनले बताए । 
    नेता महतोले सरकार मधेशी, आदिवासी, जनजाती तथा सबै उपेक्षित उत्पीडित जनतालाई अधिकार दिने पक्षमा नरहेको आरोप लगाउँदै संबिधान संशोधनमार्फत ती अधिकार प्राप्त नहुञ्जेल चुप लागेर नबस्ने उललेख गरे । 
    आगामी मंसीर १४ गतेको उपनिर्वाचनलाई मिनि जनमत संग्रहको संज्ञा दिँदै महतोले यसमा आफूजस्ता परिवर्तनकारी शक्ति विजयी भएमात्र यसले मधेशी, आदिवासी, जनजाति लगायत थिचोमिचोमा परेकाहरुको मुद्दा अझै जीवित छ भन्ने सन्देश विश्वभरि प्रवाह हुने बताए । 
    आयोजित चुनावी सभामा राजपाका केन्द्रिय महासचिव मनिष कुमार सुमन, महामन्त्री जयप्रकाश ठाकुर, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल लगायत स्थानिय नेताहरुले चुनावी मन्तवय दिएका थिए । 
    मंसीर १४ गते सप्तरीमा पनि छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा अध्यक्ष पदकालागि एक स्थानमा निर्वाचन हुँदैछ । गत स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको अध्यक्ष हुँदा रिक्त स्थानमा निर्वाचन हुन लागेको हो । राष्ट्रिय जनता पार्टीले त्यहाँ जिल्ला समन्वय समितिका अध्यक्ष यादवकी पत्नी प्रमिलादेवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ जसलाई समाजवादी पार्टीले समेत समर्थन गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 
छिन्नमस्ताका प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दात भाचियो, उपाध्यक्षको हातमा चोट
छिन्नमस्ताका प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दात भाचियो, उपाध्यक्षको हातमा चोट
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर 
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर 
आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु
आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु