संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २३, २०८०
|
|
२७ पटक हेरिएको
Shares
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव

सारांश

  •     जनता समाजवादी पार्टीको जिल्ला समितिले शुक्रबार उनकै सम्मानमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
  •       जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले संघीयता र गणतन्त्रमाथी अझै खतरा रहेको भन्दै यसलाई जोगाउनका लागि एकताबद्ध भई लाग्नु पर्नेमा जोड समेत दिए ।
  •       विभिन्न चरणका आन्दोलनको फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र नयाँ संविधान बनेपनि यसमा रहेका त्रृटीलाई सच्याउन जरुरी रहेको भन्दै उनले यसो भएमात्र मधेशी, दलित, महिला, मुश्लिम, थारु, सीमान्तकृत लगायत समुदायका असन्तुष्किटहरु हट्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 

    उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीले उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथी अहिले चौतर्फी आक्रमण भइरहेकोले सम्पूर्ण परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको बताएका छन् । 
    जनता समाजवादी पार्टीको जिल्ला समितिले शुक्रबार उनकै सम्मानमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले संघीयता र गणतन्त्रमाथी अझै खतरा रहेको भन्दै यसलाई जोगाउनका लागि एकताबद्ध भई लाग्नु पर्नेमा जोड समेत दिए । 
    विभिन्न चरणका आन्दोलनको फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र नयाँ संविधान बनेपनि यसमा रहेका त्रृटीलाई सच्याउन जरुरी रहेको भन्दै उनले यसो भएमात्र मधेशी, दलित, महिला, मुश्लिम, थारु, सीमान्तकृत लगायत समुदायका असन्तुष्किटहरु हट्ने बताए । 
    संघीयता लागू भएपनि प्रदेशको सीमाकंनमा त्रुटी रहेको भन्दै संविधान संशोधनद्वारा त्यसलाई सच्याउन आवश्यक रहेको उनकोभनाई थियो । विगतमाा सरकारद्वारा गठित राज्य पूनरसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेशको सिमांकन तय गरिनुपर्ने उनको सुझाव थियो ।
    जसपा सप्तरीका अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, मधेश प्रदेशका पूर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले पनि शुभकामना दिएका थिए । 
अस्पतालको अवस्था कठिन भएपनि आउँदो दिन सुधार हुने ः मन्त्री यादव

    उपप्रप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको हाल अवस्था कठिन भएपनि आउँदो दिन सुधार हुने विश्वास ब्यक्त गरेका छन् । 
    शुक्रबार सो अस्पतालको निरिक्षण गर्ने क्रममा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । 
    “अस्पतालमा अलिक कठिनाईको अवस्था भएपनि डाक्टरहरुले बिरामीलाई  उपचार सेवा दिइराखेका छन् तर प्राविधिक, डाक्टहरु र उपकरणहरुको अझ धेरै आवश्यकता छ, उनले भने, “नयाँ भवन निर्माणको अन्तिम अवस्थामा रहेको छ, त्यो हस्तान्तरण भएपछि ती सबै समस्या समाधान हुने छ ।”
    जसपा नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले जनशक्ति, डाक्टर, उपकरण र भौतिक अवस्थाको अभाव रहेको यस अस्पतालको भौतिक संरचना हस्तान्तरण भएपछि स्वास्थ्य कै केन्द्र बिन्दुको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने 
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण 
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण 
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प