राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
२४५ पटक हेरिएको
Shares
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा

सारांश

  • सोमवार राष्ट्रियसभाको २१ औ अधिवेशन बैठकको शुन्य समयमा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले यसबारे आवाज उठाएका हुन ।
  • सभामा सांसद कर्णले भने “बजार स्थापना काल देखी नै आफ्नै ब्यक्तीगत लगानीमा घर पसल बनाई बसोवास, कारोबार र जीवनयापन गरेर नगरको विकासमा योगदान पु¥याउदै आएका राजविराजवासीलाई लालपूर्जाका लागी विगत ४३ दिन देखी निरन्तर आन्दोलन गरिरहदा पनि सरकार के हेरेर वसेको छ ?
  • ” राष्ट्रियसभा अध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराउदै उनले वसोवासको ८५ वर्ष भन्दा बढी समय वितिसक्दा पनि राजविराजका मुलवासी ५ हजार २ सय भन्दा बढी परिवारले अझै लालपुर्जा पाउन नसक्नु दुःखद विषय भएको बताए ।
दैनिक समाचारदाता
राजविराज, १५ असार । 
राजविराज नगरवासीले झण्डै डेढ महिनादेखी लालपूर्जा माग गर्दै निरन्तर गरिरहेको आन्दोलनबारे राष्ट्रिय सभामा आवाज उठेको छ ।
सोमवार राष्ट्रियसभाको २१ औ अधिवेशन बैठकको शुन्य समयमा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले यसबारे आवाज उठाएका हुन ।
सभामा सांसद कर्णले भने “बजार स्थापना काल देखी नै आफ्नै ब्यक्तीगत लगानीमा घर पसल बनाई बसोवास, कारोबार र जीवनयापन गरेर नगरको विकासमा योगदान पु¥याउदै आएका राजविराजवासीलाई लालपूर्जाका लागी विगत ४३ दिन देखी निरन्तर आन्दोलन गरिरहदा पनि सरकार के हेरेर वसेको छ ?”
राष्ट्रियसभा अध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराउदै उनले वसोवासको ८५ वर्ष भन्दा बढी समय वितिसक्दा पनि राजविराजका मुलवासी ५ हजार २ सय भन्दा बढी परिवारले अझै लालपुर्जा पाउन नसक्नु दुःखद विषय भएको बताए ।
नगरवासीको जायज माग अबिलम्ब सम्बोेधन हुनु पर्ने भन्दै उनले यसका लागी सरकारले तत्कालै आवश्यक पहल गर्नु पर्नेमा जोड दिए ।
राजविराज बजार स्थापनाकाल देखी नै नगरको मुख्य सडक मेन रोड तथा भित्री सडकको दाँया बायाँ करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवारले हाल सम्म लालपूर्जा पाउन नसक्नु लज्जास्पद विषय भएको भन्दै उनले अबिलम्ब लालपूर्जा वितरण प्रक्रिया सूरु गर्न सरकारको ध्यानाकर्षण गराए ।
नापी कार्यालयद्वारा २०२८ सालमा गरिएको नापी अनुसार उक्त जग्गा गाउँब्लकमा रहेको भनी फिल्डबुकमा स्पष्ट उल्लेख भएको, सोही आधारमा नापी कार्यालयले लालपुर्जा वितरण प्रक्रिया सूरु गर्ने प्रयोजनका लागी ३÷३ पटक सुचना जारी गरिसकेको तथा राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २९ गते सम्पन्न नवौं नगरसभाबाट पनि उक्त जग्गा ब्यक्ती कै स्वामित्वमा रहेकाले लालपूर्जा प्रदान गर्न सिफारिस गरिसकेको भएपनि हाल सम्म लालपुर्जा वितरण कार्य सूरु हुन नसक्नु अचम्मको विषय बनेको उनको तर्क थियो ।
उनले २०७६ साल बैशाख सम्म उक्त जग्गामा वसोवास गर्दैआएकाहरु नगरपालिकाबाट पाएको रसिद कै आधारमा समस्यामा परेका वेला उक्त जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण सुविधा पाउने गरेकोमा त्यस पछि सो सुविधा पनि कटौती हुदा नगरवासी थप समस्यमा परेको चर्चा गर्दै राष्ट्रियसभाका अध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।
यता लालपुर्जा माग्दै विगत ४३ दिन देखी जारी आन्दोलनलाई सोमवार पनि राजविराजमा निरन्तरता दिइएको छ । जनआन्दोलन परिचालन समितीका संयोजक खेलानन्द दासको नेतृत्वको स्थानीय लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको प्रांगणबाट निस्केको नगरवासीको जुलुृश लालपूर्जा माग्दै नगरको विभिन्न भागको परिक्रमा गरेका छन । उनीहरुले माग पुरा नभए सम्म आन्दोलन नरोकिने अडान राखेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
राजपा, समाजवादी सरकारमा  आगमन र बर्हिगमनका सवालहरु ? 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी