दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा स्थानीयतहमा तर्जुमा गरिने बार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासको क्षेत्रमा लगानी अभिवृद्धि गरी गुणस्तर अभिवृद्धि गर्न मदत पु¥याउने उद्देश्यले बिहीबारदेखी दुई दिवसीय प्रारम्भिक बालविकासको एकीकृत योजना निमार्ण कार्यशाला सुरु भएको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाद्वारा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको सर्वाङ्गिण विकास भएमामात्र सबल र दक्षजन शक्ति उत्पादन हुने बताए ।
स्थानीयतहका सरोकारवालालाई एकीकृत प्रारम्भिक बालविकासको अवधारणा बारे जानकारी गराउने, प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय पक्षबाट भएका कार्यहरू एकीकृत गरी परिमार्जित एकीकृत लगानी योजनालाई अन्तिम रुप दिने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झाले जानकारी दिए ।
सो कार्यशालामा युनिसेफका अन्नपूर्णा मिश्रा, विष्णुमाया भट्टराई, गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झासहितकाले सहजीकरण गरेका छन् ।
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
सारांश
- युनिसेफको सहयोगमा गाउँपालिकाद्वारा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको सर्वाङ्गिण विकास भएमामात्र सबल र दक्षजन शक्ति उत्पादन हुने बताए ।
- स्थानीयतहका सरोकारवालालाई एकीकृत प्रारम्भिक बालविकासको अवधारणा बारे जानकारी गराउने, प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय पक्षबाट भएका कार्यहरू एकीकृत गरी परिमार्जित एकीकृत लगानी योजनालाई अन्तिम रुप दिने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झाले जानकारी दिए ।
- सो कार्यशालामा युनिसेफका अन्नपूर्णा मिश्रा, विष्णुमाया भट्टराई, गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झासहितकाले सहजीकरण गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया