चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह

राजविराज राजविराज
|
बुधबार, श्रावण ३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह

सारांश

  •     पकरीस्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी आइतबार बिहान ८ बजेदेखी वेपत्ता छिन् ।
  •       हजुरबुबाको रेखदेखमा रहेकी आरुसीकी आमा जानकी भने बैदेशिक रोजगारीको सिलसिलामा हाल कुवेतमा छिन् ।
  • उनका बुबा भरत ठाकुरको पाँच वर्षअघि निधन भइसकेको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ साउन । 

    चार दिनदेखी सप्तरीको महादेवा गाउँपालिका १ पकरीकी १३ वर्षिया आरुसी ठाकुर वेपत्ता छिन् । आइतबार बिहान ८ बजेतिर घरबाट निस्केकी उनी बुधबार साँझसम्म सम्पर्कमा आएकी छैनन् । 
    पकरीस्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी आइतबार बिहान ८ बजेदेखी वेपत्ता छिन् । 
    हजुरबुबाको रेखदेखमा रहेकी आरुसीकी आमा जानकी भने बैदेशिक रोजगारीको सिलसिलामा हाल कुवेतमा छिन् । उनका बुबा भरत ठाकुरको पाँच वर्षअघि निधन भइसकेको छ । 
    छोरीको अवस्था पत्ता लगाउने कार्यमा पहल गरिदिन कुवेतबाटै जानकीले संचारकर्मीहरुलाई फोन गरेर आग्रह गरेकी छिन् । 
    “शनिबार राती ९ बजेतिर छोरीले बोक्ने ९८१४७७८५७० नम्बरको मोबाइलबाट अन्तिम पटक कुरा भएको र त्यसपछि स्विचअफ छ ।” आमा जानकीले भनिन्, “विद्यालयमा भोलीदेखी गर्मी बिदा छ, भोली टोलकै दिदीहरुसँग जनकपुरस्थित भाटभटेनी घुम्ने योजना बनाएकी छुँ, छोरीले सोधेको तर, मैले अनुमति दिइन् ।” 
    आरुसी ठाकुर दाम्पत्तिका एक्ली सन्तान हुन् । घरको आर्थिक अवस्था कमजोर भएको तथा श्रीमान्को निधनपछि जिवनयापन धौं धौं भएपछि विदेशिनु परेको जानकीले सुनाइन् । छोरीको रेखदेख गर्ने कोही नभएकाले उनले आरुसीलाई हजुरबुबाको जिम्मा दिई केही समयअघि मात्र कुवेत पुगेकी बताइन् । 
    हजुरबुबा प्रेम कुवरले केही काम छ भन्दै आइतबार बिहान ८ बजेतिर निस्केको आरुसी साँझ अबेरसम्म नफर्केपछि चिन्तामा डुबेको बताए । भोलीपल्ट एकाबिहान उठेर आरुसीका सहपाठी, छरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोजतलास गर्दा पनि फेला पार्न नसकेको उनको भनाई छ । 
    जनकपुर पनि नगएको र उनको सहपाठी तथा नजिकका आफन्त पर्ने सबै गाउँटोलमै रहेकाले छोरीको अपहरण भएको हुन सक्ने आमा जानकीले आशंका ब्यक्त गर्दै स्थानिय प्रशासन लगायतका सरोकारवालामा खोजि गरिदिन अपील गरेकी छिन् । 
    जानकीले भनिन्, “उनका साथी, आफन्त र चिनजान भएका ठाउँ सबैतिर खोज्न लगाएका छौं, तर कुनै पत्तो लागेको छैन् ।” आरुसीले प्रयोग गर्ने मोबाइलको प्राविधीक पक्षबाट पनि अनुसन्धान गर्न उनले प्रहरीसँग आग्रह गरेकी छिन् । 
    आरुसीका परिवार, आफन्त र साथीभाई समेत फोटो बोकेर सम्भावित स्थानहरुमा खोजिमा जुटेका छन् । परिवारले प्रहरी चौकी पकरीमा समेत उजुरी गरि सकेका छन् । 
    यता घटनाको अनुसन्धान गरिरहेका पकरी प्रहरी चौकीका असई जयकिशोर साहले नाबालिक आरुसीको पत्ता लगाउन प्रहरीले कुनै कसर बाँकी नराखेको जानकारी गराउँदै आरुसीको हुलियाँसहितको सम्पूर्ण विवरण देशैभरका प्रहरी कार्यालयमा पठाइसकिएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?