दैनिक समाचारदाता
राजविराज, १ पुस ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवल किशोर साहले मल कारखाना स्थापनाका लागी प्राथमिक्तामा राखेर काम गर्ने बताएका छन् ।
सप्तरीको संसदिय क्षेत्र नं.१ का नवनिर्वाचित प्रतिनीधीसभा सदस्य साहले मुलुकभर रसायनिक मलको समस्यालाई मध्यनजर गर्दै सप्तरीमा मल कारखाना स्थापना आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।
सप्तरी र सिरहा खाद्यान्न उत्पादनमा अग्रणी रहेपनि रसायनिक मलको अभावका कारण यस भागको कृषि क्षेत्र पिछडिदै गएकोले रसायनिक मलको सहज उपलब्धता र व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।
उनले मल कारखाना खोल्न सके ४÷५ हजार भन्दा बढीलाई रोजगारीको समेत अवसर प्राप्त हुने भन्दै देश भरीको मल अभाव समस्यालाई यसले ठूलो राहत पु¥याउने दाबी गरे ।
सप्तरी जिल्लामा मात्रै ८१ हजार ६ सय ६८ हेक्टर जग्गा खेतीयोग्य छ । उक्त जग्गामा खेती गर्न वर्ष भरी कम्तीमा २३ हजार ८ सय ५७ मेट्रिक टन युरिया, १२ हजार ७ सय ८४ मेट्रिक टन डिएपी र ९ हजार २४ मेट्रिक टन पोटासको आवश्यक्ता रहेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादव बताउँछन । तर समयमा मल खाद्य नपाउँदा प्रत्येक वर्ष किसानले खेतीका वेला समस्या भोग्दै आएका छन् ।
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
सारांश
- सप्तरीको संसदिय क्षेत्र नं.
- १ का नवनिर्वाचित प्रतिनीधीसभा सदस्य साहले मुलुकभर रसायनिक मलको समस्यालाई मध्यनजर गर्दै सप्तरीमा मल कारखाना स्थापना आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।
- सप्तरी र सिरहा खाद्यान्न उत्पादनमा अग्रणी रहेपनि रसायनिक मलको अभावका कारण यस भागको कृषि क्षेत्र पिछडिदै गएकोले रसायनिक मलको सहज उपलब्धता र व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया