दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सप्तरीको बोदेबरसाइन नगरपालिका ६ निवासी २३ वर्षिय रामचन्द्र महतोले घरायसी विवादमा सोही नगरपालिका ६ निवासी उनका ५५ वर्षिय ससुरा छठु महतोलाई कुटपिट गर्दा घटनाको १४ दिनपछि उनको शनिबार राती मृत्यु भएको छ ।
प्रहरीका अनुसार ज्वाई रामचन्द्र र ससुरा छठुबीच गत चैत्र ११ गते घरायसी विवादमा झै–झगडा र कुटपिट भएको थियो । सो क्रममा छठुको नाक, मुख, टाउको र शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो । स्थानिय जीवनज्योती अस्पतालमा प्रारम्भिक उपचारपछि भोली पल्ट उनलाई थपउपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्थामा केही सुधार देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई चैत १८ गते घर ल्याइएको थियो । सोही दिनदेखी नियमित औषधी खुवाउन थालेको र अचानक शनिबार राती उनको मृत्यु भएकाmेस् जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
ज्वाई रामचन्द्रले सुरुमा ससुरा छठुले नै हातपात गरेको र आफूले प्रतिकार गर्दा उनलाई चोटपटक लाग्न पुगेको बताउँदै आएका छन् । मृतककी पत्नी मायावत्तिको जाहेरीले प्रहरीले रामचन्द्रमाथी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलाएको डिएसपी सिंहले बताए ।
रामचन्द्रलाई पक्राउ गरि सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा ५० हजार धरौटी माग भई आदेश भएकोमा धरौटी तिर्न नसक्दा आइतबार राजविराज कारागार चलान गरि घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
सारांश
- प्रहरीका अनुसार ज्वाई रामचन्द्र र ससुरा छठुबीच गत चैत्र ११ गते घरायसी विवादमा झै–झगडा र कुटपिट भएको थियो ।
- सो क्रममा छठुको नाक, मुख, टाउको र शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो ।
- स्थानिय जीवनज्योती अस्पतालमा प्रारम्भिक उपचारपछि भोली पल्ट उनलाई थपउपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया