मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन

राजविराज राजविराज
|
बुधबार, भाद्र १५, २०७९
|
|
४९ पटक हेरिएको
Shares
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन

सारांश

  •     स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
  •       मिटरब्याजी प्रकरण अन्र्तगत ठगी तथा अपराधीक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत दुई महिनाको अवधीमा पीडितहरुले बुधबार ११ औं पटक प्रदर्शन गरेका हुन् ।
  •     यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितीले १० पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।

    सप्तरीको खडक नगरपालिका वडा नं. ७ कल्याणपुरका चर्चित मिटरब्याजी रामदेव साहलाई पक्राउ गर्न माग गर्दै बुधवार राजविराजमा उनीबाट पीडित भएकाहरुले प्रर्दशन गरेका छन् । 
    स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    मिटरब्याजी प्रकरण अन्र्तगत ठगी तथा अपराधीक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत दुई महिनाको अवधीमा पीडितहरुले बुधबार ११ औं पटक प्रदर्शन गरेका हुन् ।
    यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितीले १० पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन् । 
    यता साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने २ महिना अघि नै पक्राउ परी ठगी तथा अपराधीक विश्वासघात मुदामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागी राजविराज कारागारमा छन् । 
    सो मुद्दामा फरार रहेका साहलाई खोजी गर्न प्रहरीले लागिपरे पनि हालसम्म फेला नपरेको र लुकेर वसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोज तलास कार्य जारी राखेको जनाउदै आएको छ । 
    साह परिवार माथी जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तीले लिएको ऋण र ब्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
आफ्नो माग सम्बोधन नभएको भन्दै वडा  सदस्यहरुले नगरपालिकामा दिए धर्ना
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन