ग्रामिण बस्तीमा होम बायो  ग्यास प्लान्ट बितरण

राजविराज राजविराज
|
आइतबार, आषाढ ५, २०७९
|
|
२० पटक हेरिएको
Shares
ग्रामिण बस्तीमा होम बायो  ग्यास प्लान्ट बितरण

सारांश

  •     आईतवार नगर प्रमुख यादबले वडा ९ को कार्यालयको परिसरमा वडाका १० जनालाई परिवारलाई बायो ग्यास प्रदान गरेका हुन् ।
  •       राजबिराज नगरपालिकाको सशर्त अनुदान कार्यक्रम अन्तर्गत ईजरायली प्रबिधिको होम ग्यास प्लान्ट हस्तान्तरण गरिएको वडा अध्यक्ष जवाहिर यादबले जानकारी दिए ।
  •       बढ्दै गएको एलपी ग्यास र वायु वातावरणले हुने समस्याका कारण बैकल्पिक रूपमा यो प्लान्ट संचालनमा ल्याउन लागेको आबिस्कार ईनर्जी प्रा.

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
    राजबिराज नगरपालिका नगर प्रमुख भिमराज यादबले राजबिराज नगरपालिका वडा ९ स्थित बिहारपुरमा होम बायो ग्यास प्लान्ट बितरण गरेका छन् । 
    आईतवार नगर प्रमुख यादबले वडा ९ को कार्यालयको परिसरमा वडाका १० जनालाई परिवारलाई बायो ग्यास प्रदान गरेका हुन् । 
    राजबिराज नगरपालिकाको सशर्त अनुदान कार्यक्रम अन्तर्गत ईजरायली प्रबिधिको होम ग्यास प्लान्ट हस्तान्तरण गरिएको वडा अध्यक्ष जवाहिर यादबले जानकारी दिए । 
    बढ्दै गएको एलपी ग्यास र वायु वातावरणले हुने समस्याका कारण बैकल्पिक रूपमा यो प्लान्ट संचालनमा ल्याउन लागेको आबिस्कार ईनर्जी प्रा.लि का महाप्रबन्धक तिलक श्रेष्ठले बताए । 
    ग्रामिण बस्तीका गाईबस्तु भएका परिवारलाई मध्यनजर गर्दै ल्याईएको बायो ग्यास प्लान्ट जडान गर्न सुरूमा २१ क्विन्टल गोबर समथर ठाउमा राखेर प्रबिधि अपनाएर ग्यास प्लान्ट जडान गर्न सकिने श्रेष्ठको भनाई छ । 
    कुल ८० हजार पर्ने बायो ग्यास प्लान्ट सेटमा खाना पकाउने चुलहासहित गोबर राख्ने प्लाष्टिकको कीट लगायतका सामग्री रहेको छ । एक घरपरिवारले वायो ग्यास प्लान्ट संचालन गर्न कम्तिमा २० केजी गोबर र ४० केजी पानी लाग्ने बताईएको छ ।
    बैकल्पिक ग्रामिण उर्जा नविकरण अन्तर्गत ईजरायली सरकारको सहयोगमा होम बायो ग्यास प्लान्ट १५ बर्ष सम्मका लागि ग्यारेन्टी रहेको आबिष्कार ईनर्जीका श्रेष्ठले बताए । 
    उक्त अवसरमा राजबिराज नगरपालिका वडा अध्यक्ष जवाहिर यादब, कार्यपालिका सदस्य मनोज साह, वडा सदस्य चन्दर यादब, पत्रकार चन्दन यादब लगायत स्थानियहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव
सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति