राजविराज÷नेकपा (एकीकृत समाजवादी) सप्तरी खड्क नगरपालिको बिहीबार सम्पन्न भेलाले नगर कमिटि गठन गरेको छ ।
विजय कुमार साहको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटि गठन गरेको हो । गठित कमिटिको उपाध्यक्षत्रेयमा गंगाराम चौधरी, विमल देवी सरदार र नजमुल हुसेन मियालाई चयन गरिएको छ ।
यस्तै सचिवमा महेश कुमार चौधरी, सहसचिव विश्वनाथ साह लगायत ५५ सदस्यीय नगर कमिटी सर्वसम्मतले चयन गरिएको हो ।
यसअघि जिल्ला कमिटी सचिवालय सदस्य तथा नगरपालिका इञ्चार्ज शत्रुधन प्रसाद साह ’आजाद’ को अध्यक्षतामा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशको सह इञ्चार्ज रामप्रित पासवानको प्रमुख आतिथ्य तथा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटीको अध्यक्ष राम चन्द्र यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जिल्ला कमिटीका सदस्य तथा का.वा. अध्यक्ष प्रताप नारायण चौधरी, संसदीय निर्वाचन क्षेत्र नं.४ का इञ्चार्ज राजेन्द्र प्रसाद साह, नेपाल बुद्धिजीवी परिषद् सप्तरी जिल्लाको संयोजक अनिल कुमार ’अनल’ लगायतको उपस्थितिमा खड्क नगरपालिका भित्रका जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा कमिटि गठन भएको हो ।
कार्यक्रम जिल्ला कमिटी सदस्य तथा नगर सहइञ्चार्ज देवकान्त चौधरीले संचालन गरेका थिए ।
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
सारांश
- यसअघि जिल्ला कमिटी सचिवालय सदस्य तथा नगरपालिका इञ्चार्ज शत्रुधन प्रसाद साह ’आजाद’ को अध्यक्षतामा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशको सह इञ्चार्ज रामप्रित पासवानको प्रमुख आतिथ्य तथा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटीको अध्यक्ष राम चन्द्र यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
- उक्त कार्यक्रममा जिल्ला कमिटीका सदस्य तथा का.
- वा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया