दैनिक समाचारदाता
राजबिराज, १३ साउन ।
बाढी पहिरोको बेला हुने जोखिम र महामारीबाट जोगिन तथा खानेपानी शुद्विकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा युनिसेफको सहयोगमा सरसफाई क्षेत्रमा काम गर्ने स्वयमसेवकहरूसँगको अभिमुखिकरणमा समुदायमा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने सम्बन्धमा छलफल समेत गरिएको छ ।
समुदायमा चर्पी प्रयोग गर्दा तथा पानी शुद्वगरी खानका लागि ट्युवेल, धारा र ईनारको पानी प्रयोग गर्दा पिउस, वाटर गार्ड, एक्वा ट्याप राखेर आधा घण्टापछि मात्र पिउन अभिमुखिकरणमा सहजिकरण गरिएको सबल नेपालका सरसफाई अधिकृत प्रमेश्वर झाले जानकारी दिए ।
शुद्व पानी नखादा जन्डिस, आउँ, झाडापखाला तथा हैजा जस्ता महामारी रोग लाग्ने भएकोले पानी जन्य रोगबाट बच्नका लागि समुदाय ब्यापक प्रचारप्रचार गर्नु आवश्यक रहेको झाले बताउँदै बाढी प्रभाबित क्षेत्रमा स्वयमसेवकहरूलाई सरसफाई वारेमा जनचेतनामूलक फैलाउनु आग्रह गरिएको छ ।
खानाको स्वच्छताको लागि ध्यानुपर्ने, हात धोएर खाना खाने, पानी पिउने, चर्पिमा महिला गर्भवति महिलालाई कसरी लाने, ट्युवेलको पानी खादै नखाने, पोखरीमा बिलिंक पाउडर प्रयोग गरि खाने, दैबि प्रकोपको वेला सतर्कता अपनाउनु पर्ने युनिसेफका पालिका स्तरका संयोजक सुमित्रा राईले बताईन ।
उक्त कार्यक्रममा सरसफाई क्षेत्रमा काम गर्ने खानेपानी तथा सरसफाई डिभिजन, सबल नेपाल, सेभ द सप्तरी, सप्तरी सामुदायिक बिकास केन्द्र लगायतका २५ जना स्वयमसेवकहरूको सहभागिता रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका रेणु कुमारी मण्डलले जानकारी दिइन् ।
बाढी प्रभावित समुदायमा पानी शुद्विकरण सम्बन्धी अभिमुखिकरण
सारांश
- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा युनिसेफको सहयोगमा सरसफाई क्षेत्रमा काम गर्ने स्वयमसेवकहरूसँगको अभिमुखिकरणमा समुदायमा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने सम्बन्धमा छलफल समेत गरिएको छ ।
- समुदायमा चर्पी प्रयोग गर्दा तथा पानी शुद्वगरी खानका लागि ट्युवेल, धारा र ईनारको पानी प्रयोग गर्दा पिउस, वाटर गार्ड, एक्वा ट्याप राखेर आधा घण्टापछि मात्र पिउन अभिमुखिकरणमा सहजिकरण गरिएको सबल नेपालका सरसफाई अधिकृत प्रमेश्वर झाले जानकारी दिए ।
- शुद्व पानी नखादा जन्डिस, आउँ, झाडापखाला तथा हैजा जस्ता महामारी रोग लाग्ने भएकोले पानी जन्य रोगबाट बच्नका लागि समुदाय ब्यापक प्रचारप्रचार गर्नु आवश्यक रहेको झाले बताउँदै बाढी प्रभाबित क्षेत्रमा स्वयमसेवकहरूलाई सरसफाई वारेमा जनचेतनामूलक फैलाउनु आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया