झुम्कालाई मेयर कपको उपाधी

राजविराज राजविराज
|
आइतबार, माघ १२, २०७६
|
|
४१ पटक हेरिएको
Shares
झुम्कालाई मेयर कपको उपाधी

सारांश

  •     फाईनलमा त्रियुगा स्पोर्टस क्लब फतेपुर सप्तरीलाई टाईब्रेकरमा चारका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै झुम्का सुनसरीले सो उपाधी हात पारेको हो ।
  • खेलको निर्धारित समयमा कुनै टीमबाट गोल हुन नकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो ।
  •       उपाधीसँगै झुम्काले नगद ५५ हजार नगद तथा शिल्ड हात परेको छ भने फत्तेपुरले ४५ हजार पाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
    सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आइतबार सम्पन्न मेयरकप २०७६ फुटबल प्रतियोगिताको फाइनल खेलमा त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरीलाई पराजित गर्दै रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले उपाधी हात पारेको छ ।
    फाईनलमा त्रियुगा स्पोर्टस क्लब फतेपुर सप्तरीलाई टाईब्रेकरमा चारका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै झुम्का सुनसरीले सो उपाधी हात पारेको हो । खेलको निर्धारित समयमा कुनै टीमबाट गोल हुन नकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । 
    उपाधीसँगै झुम्काले नगद ५५ हजार नगद तथा शिल्ड हात परेको छ भने फत्तेपुरले ४५ हजार पाएको छ । यता प्रतियोगिताको उत्कृष्ट खेलाडी फत्तेपुरका सम्युन राई घोषित भए । 
     प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रदेशसभा सदस्य मोहम्मद समिम, शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता कुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाल, आयोजक खेलकुद समितिका अध्यक्ष धनिकलाल चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । 
    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा पुस २७ गतेदेखि सञ्चालित प्रतियोगितामा  सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?