चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा

राजविराज राजविराज
|
बुधबार, श्रावण ६, २०७८
|
|
१७ पटक हेरिएको
Shares
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा

सारांश

  •     नेपालकै पुरानो मध्येका एक सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाँध बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा परेको हो ।
  •       नहरको बाँध फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबानमा परेको तथा घर घरमा दुई÷तीन फिटसम्म पानी जमेको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् ।
  •       सोमबार साँझदेखि सुरु भएको वर्षा मंगलबार विहान पनि जारि रहँदा उक्त नगरपालिकाको जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको बाँध दुई ठाँउमा भत्काएको स्थानीय अमर खवासले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ साउन । 
    लगातारको वर्षाले सप्तरीस्थित चन्द्र नहरको बाँध ठाउँ ठाउँमा कटान गर्दा करिब तीन सय घर डुवानमा परेको छ । 
    नेपालकै पुरानो मध्येका एक सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाँध बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा परेको हो । 
    नहरको बाँध फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबानमा परेको तथा घर घरमा दुई÷तीन फिटसम्म पानी जमेको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् । 

    सोमबार साँझदेखि सुरु भएको वर्षा मंगलबार विहान पनि जारि रहँदा उक्त नगरपालिकाको जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको बाँध दुई ठाँउमा भत्काएको स्थानीय अमर खवासले बताएका छन् । 
    बाढीले बाँध सँगै नहर छेउको ठूलो सिमलको रुख समेत ढालेर दुई स्थानमा गरी करिब ५० मिटर नहर कटान गरेको छ । यस्तै नगरक्षेत्रका खहरेखोलाको बाढी ओभरफ्लो भई निरन्तर धक्का दिन थालेपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको छ । 
    विगतमा पनि सप्तकोसी नगरपालिका ९ कमलपुरमा चन्द्र नहरको बाँधले उच्च वहाव थेग्न नसकि फुटेर करोडौंको क्षति पु¥याएको थियो । 
    यता जिता नदीको बाढीले जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुर, वडा नं. ५ बरसाइन र वडा नं. ८ तोपाका करिब सय भन्दा बढी घर डुबानमा पारेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिएका छन् । 
    दुई दिन यता निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर निकै बढेकोले स्थानिय प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?