आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
५३ पटक हेरिएको
Shares
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 

सारांश

  •     इन्सेकद्वारा राजविराज नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहले बैठक खर्चसहित ६ हजार रुपियाँ आगलागी पीडित गरिव तथा असहाय दलित महिलालाई प्रदान गरेको हो ।
  •     महिलालाई उपचार खर्च जुटाउन र पोषणयुक्त खानामा समस्या परेको बेला समूहले वैठक खर्चवापतको १ हजार ५ सय र कार्यसमिति पदाधिकारीबाट सहयोगस्वरुप उठाएको ४ हजार ५ सय गरी ६ हजार रुपियाँको प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको सहजकर्ता दिपक यादवले जानकारी दिएका छन् ।
  •     निगरानी समूहका पदाधिकारीहरु अस्पताल पुगेर हर्लिक्स र फलफूलको जुसलगायतका सामाग्री उपलब्ध गराएको समूहकी कोषाध्यक्ष नानीमैया कटवालले बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
    राजविराज/राजविराज नगरपालिका १० दिघवाकी २५ वर्षिया निरसी खंगलाई उपचार खर्च जुटाउन समस्या परेको बेला अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग प्रदान गरेको छ । 
    इन्सेकद्वारा राजविराज नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहले बैठक खर्चसहित ६ हजार रुपियाँ आगलागी पीडित गरिव तथा असहाय दलित महिलालाई प्रदान गरेको हो ।
    महिलालाई उपचार खर्च जुटाउन र पोषणयुक्त खानामा समस्या परेको बेला समूहले वैठक खर्चवापतको १ हजार ५ सय र कार्यसमिति पदाधिकारीबाट सहयोगस्वरुप उठाएको ४ हजार ५ सय गरी ६ हजार रुपियाँको प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको सहजकर्ता दिपक यादवले जानकारी दिएका छन् ।
    निगरानी समूहका पदाधिकारीहरु अस्पताल पुगेर हर्लिक्स र फलफूलको जुसलगायतका सामाग्री उपलब्ध गराएको समूहकी कोषाध्यक्ष नानीमैया कटवालले बताइन् । विरामीको स्वास्थ्य अवस्था बुझन् नियमित अस्पताल जाने र पाँच/पाँच दिनमा प्रोटिनयुक्त आहारा लिएर समूहका पदाधिकारी जाने व्यवस्था मिलाइएको पनि उनले बताइन् । 
    यता अस्पतालका मेसु डा. रन्जित झाले अस्पतालमा ‘बर्न सेन्टर’ नभएकाले उपचारका लागि काठमाडौं वा किर्तिपुर लैजान सुझाव दिएका छन् ।
    यसअघि युवा सशक्तिकरण संघ नेपाल सप्तरीका अध्यक्ष किशोर कुमार यादवले ३ हजार १ सय रुपैयाँ, बालाजी डेन्टल केयर प्रालिका निर्देशक विवेक झा र सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले अस्पतालमै पुगि १ हजार १ सयका दरले, पार्थो सरकारले १ हजार १ सय, नन्द किशोर गुप्ताले ५ सय, रामकृष्ण रजक तथा ओमप्रकाश यादवले १/१ सय आर्थिक सहयोग प्रदान गरेका थिए ।
    गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाधमा रहेकी निरसी गत माघ १३ गते चिसो छल्न बालिएको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते भएकी छिन् । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 
    ऐलानी जग्गामा बसोवास गर्दै आएका चार वर्षिय छोरीकी आमा खंग मजदुरी गरेर गुजारा चलाउँदै आएकी थिइन् । पति राजाराम पनि अर्काको घर र खेतमा काम गर्दै आएका थिए । तर, विगत एक महिनादेखी पत्नि अस्पतालमा धर्ना भएपछि रेखदेखमै खटिनु परेकाले राजारामको पनि आम्दानीको सबै बाटो बन्द भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
संचालनमा नआउँदै शौचालय प्रयोगविहीन
संचालनमा नआउँदै शौचालय प्रयोगविहीन
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?