तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो

राजविराज राजविराज
|
बिहिबार, आषाढ १६, २०७९
|
|
१०० पटक हेरिएको
Shares
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो

सारांश

  •     दसगज्जा क्षेत्रमा रहेको उक्त पुल तीन वर्ष अघि आएको बाढीले बगाएको थियो ।
  • हाल सम्म पुल निर्माण हुन नसक्दा सर्वसाधारण खोलामा जोखिमपुर्र्ण आवत जावत गर्न बाध्य भएका छन् ।
  •      स्थानीय र सिमावर्ती भारतीय बजारका वासिन्दा समेत मिलेर ३०÷३५ वर्ष अघि सहज आवतजावतका लागी उक्त खोलामा बाँस तेस्र्याएर अस्थायी पुल बनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १६ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र सीमावर्ती भारतीय बजार कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) तीन वर्ष अघि बाढीले भत्काए पछि सो पुल अझ बन्न नसक्दा सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिनाई भइरहेको छ । 
    दसगज्जा क्षेत्रमा रहेको उक्त पुल तीन वर्ष अघि आएको बाढीले बगाएको थियो । हाल सम्म पुल निर्माण हुन नसक्दा सर्वसाधारण खोलामा जोखिमपुर्र्ण आवत जावत गर्न बाध्य भएका छन् ।     स्थानीय र सिमावर्ती भारतीय बजारका वासिन्दा समेत मिलेर ३०÷३५ वर्ष अघि सहज आवतजावतका लागी उक्त खोलामा बाँस तेस्र्याएर अस्थायी पुल बनाएका थिए ।
    तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडी रहेको खोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिएपनि भारतीय एसएसबीको अवरोधका कारण रोकिएको तिलाठी कोइलाडी गाँउपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश झाको भनाई छ । उनले यसका लागि केन्द्रस्तरबाटै कुटनीतिज्ञ पहल गरि समस्याको समाधान खोजिनु पर्नेमा जोड दिए । 
    तिलाठी कोइलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष सतिस कुमार सिंहले आफ्नो कार्यकालमा नै उक्त स्थानमा नेपाल–भारत मैत्री पुल बनाउने अथक प्रयास गरेपनि भारतीय सुरक्षाकर्मीले माथिको आदेश चाहियो भन्दै अवरोध पु¥याएपछि काम अघि बढ्न नसकेको बताए । 
    दसगज्जा क्षेत्रमा रहेको उक्त खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुदाँ दुबै देशका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीय अजित झा बताउँछन । सुख्खायाममा जसोतसो आवागमन हुने गरेको तर, वर्षायाममा जोखिम मोलेर स्थानियहरु आवतजावत गर्न बाध्य छन् ।
    भारत नेपालको सीमामा पर्ने कुनौली बजारमा त्यस भेगका जनता किनमेल, शिक्षा, उपचार, तिर्थयात्रा लगायतका विभिन्न कामका सिलसिलमा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन । तर, पुल नहुँदा वर्षायाममा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको स्थानीयको दुखेसो छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित 
राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित 
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण