स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 

राजविराज राजविराज
|
आइतबार, आश्विन १७, २०७८
|
|
४८ पटक हेरिएको
Shares
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 

सारांश

  •     विभिन्न तीन बुँदे माग समेत अघि सार्दै बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म राजविराज नगरपालिकाको कार्यालयको मुल गेटमा धर्ना दिएको गठित आन्दोलन संघर्ष समितिकी संयोजक सुमित्रा दासले जानकारी दिएकी छिन् ।
  •       संयोजक दासले संघीय सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब ८ हजार र स्थानिय सरकारबाट ७ हजार गरि १५ हजार कायम गरिए पनि स्थानिय सरकारबाट ७ हजार दिन नमानेकाले आफूहरु सो सेवा सुविधा पाउनबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन् ।
  •       असोज ७ गतेदेखी पहिलो चरणको आन्दोलनको घोषणा गरेका उनीहरुको माँग असोज १४ गतेसम्म पनि पूरा नभएपछि आइतबारदेखी दोश्रो चरणको आन्दोलनको घोषणा गर्दै धर्नामा बसेको आन्दोलन संघर्ष समितिकी सचिव विभा झाले बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 
    सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा व्यवस्था गरिए अनुसारको स्थानीय तहले तलब सुविधा नदिएको भन्दै आइतबारदेखी राजविराजका बाल शिक्षक तथा कर्मचारीहरु धर्नामा बसेका छन् । 
    विभिन्न तीन बुँदे माग समेत अघि सार्दै बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म राजविराज नगरपालिकाको कार्यालयको मुल गेटमा धर्ना दिएको गठित आन्दोलन संघर्ष समितिकी संयोजक सुमित्रा दासले जानकारी दिएकी छिन् । 
    संयोजक दासले संघीय सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब ८ हजार र स्थानिय सरकारबाट ७ हजार गरि १५ हजार कायम गरिए पनि स्थानिय सरकारबाट ७ हजार दिन नमानेकाले आफूहरु सो सेवा सुविधा पाउनबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन् । 
    असोज ७ गतेदेखी पहिलो चरणको आन्दोलनको घोषणा गरेका उनीहरुको माँग असोज १४ गतेसम्म पनि पूरा नभएपछि आइतबारदेखी दोश्रो चरणको आन्दोलनको घोषणा गर्दै धर्नामा बसेको आन्दोलन संघर्ष समितिकी सचिव विभा झाले बताइन् ।  
    नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट अनुसार सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराउनु पर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राविधिक ग्रेड तथा सामुदायिक विद्यालयमा कार्यरत भई अनिवार्य अवकाश तहत सेवा निवृत भएका शिक्षकहरुको छुट प्राविधि ग्रेड समेत उपलब्ध गराउन गठित संघर्ष समितिले माग राखेको छ । 
    राजविराज नगरपालिकामा ७८ जना बाल शिक्षक तथा ४२ जना कर्मचारीहरु रहेको जानकारी दिँदै संघर्ष समितिकी संयोजक दासले धर्ना कार्यक्रममा विद्यालयको पठनपाठनमा कुनै अवरोध नगरि पालो पालै गरि धर्नामा बस्ने व्यवस्था मिलाएको जानकारी दिइन् । 
    जिल्लाको १८ वटा स्थानिय तह मध्ये रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, महदेवा गाउँपालिका, सुरुङ्गा नगरपालिका र बोदेबरसाइन नगरपालिका गरि ७ वटा स्थानिय तहले मात्र बाल शिक्षकहरुको तलब १५ हजार लागु गरेको छ भने बाँकी रहेका ११ वटा स्थानिय तह मध्ये राजविराज र खडक नगरपालिकामा आन्दोलन संघर्ष समितिले माग पूरा गराउन आन्दोलन गरिरहेको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
सडक दुर्घटनामा दुईको मृत्यु
सडक दुर्घटनामा दुईको मृत्यु
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य