आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर

राजविराज राजविराज
|
आइतबार, बैशाख २४, २०८०
|
|
६४ पटक हेरिएको
Shares
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर

सारांश

  • दैनिक समाचारदाता राजविराज, २४ बैशाख ।
  •     सप्तरी जिल्लामा आत्महत्याका घटना भयावह बन्दै गएको छ ।
  • आईतवार एकै दिन दुई महिलासहित तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आत्महत्याको प्रयास गरेकी अर्की एक महिलाको अवस्था गम्भिर छ ।

—    तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ः ३० 
—    चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ः ८९
—    गत आ.ब. २०७८÷७९ मा विष सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या ः १३६ 

दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।

    सप्तरी जिल्लामा आत्महत्याका घटना भयावह बन्दै गएको छ । आईतवार एकै दिन दुई महिलासहित तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आत्महत्याको प्रयास गरेकी अर्की एक महिलाको अवस्था गम्भिर छ । 
    प्रहरीका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ की २१ वर्षिया सोनी कुमारी साह, राजविराज नगरपालिका १ की १८ वर्षिया बेबी भन्ने देवी कुमारी यादव र राजगढ गाउँपालिका ५ का २५ वर्षिय विवेक साहले छुट्टछुट्टै स्थानमा झुण्डिएर आत्महत्या गरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहका अनुसार सोनी र बेवी भन्ने देवीले आफु वस्ने डेरा तथा घरमा र विवेकले होटल कोठामा झुण्डीएर आत्महत्या गरेका हुन । तीनै जना विहान क्रमशः डेरा, घर र होटल कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
    मृतक तीनै जनाको शव परिक्षणका लागी गजेन्द्र नारायाण्ख सिह अस्पतालमा पठाई घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी सिहले जानकारी दिए । 
    राजगढ गाउँपालिका घर भइ हाल राजविराज ७ मा इलोक्ट्रोनिक्स पसल संचालन गर्दै आएका विवेकले ४० किलो मिटर टाढा सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित इन्दे्रणी होटल एण्ड लँजको कोठा नंं. १०४ मा झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ । 
    यस्तै हनुमाननगर कंकालिनी नगरपालिका घर भई हाल राजविराज नगरपालिका २ मा डेरा लिई वस्दै आएकी सोनी सोही डेरामा तथा राजविराज १ की बेवी आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
    यस्तै आईतवारै विहान घरायसी विवादमा विषादी सेवन गरेकी राजविराज नगरपालिका ६ खर्साल टोलकी ३५ वर्षिया तिलाठी मण्डलको स्थानीय गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । नाम नखुलेको विषादी सेवन गरेरे गम्भीर अवस्थामा पुगेकी उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ । 
    जिल्लामा तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८९ पुगेको छ । गत आ.ब. २०७८÷७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।  
    यता आत्महत्याको दर बढ्ने क्रम जारी रहदा स्थानीय समाज र प्रशासनले विभिन्न प्रयास थालेपनि न्यूनिकरण हुन भने सकेको छैन । प्रहरीले विगत तीन महिना यता आत्महत्या घट्ना न्युनिकरणका लागी विभिन्न पालिकामा सचेतना अभियान नै चलाएको छ । तर, पनि आत्महत्याका घटना दिनहुँजसो हुन थालेपछि यो विषय सबैको लागी टाउको दुखाई बनेको छ । 
    विभिन्न घरायसी समस्या, श्रीमान श्रीमतीबीच वादविवाद, ऋणमा डुबेको, प्रेममा असफल, व्यापार घाटा, बेराजगारी लगायत अन्य विभिन्न समस्यासँग संघर्ष गर्न नसकि बाध्य भई आत्महत्याको बाटो रोज्नु परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशी दललाई सत्ता छोडेर आन्दोलनमा  आउन लोसपाका वरिष्ठ नेता महतोको आह्वान
मधेशी दललाई सत्ता छोडेर आन्दोलनमा  आउन लोसपाका वरिष्ठ नेता महतोको आह्वान
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
पत्रकार सिंहलाई मतृ शोक
पत्रकार सिंहलाई मतृ शोक
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी 
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?