एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै

राजविराज राजविराज
|
शनिबार, आषाढ १९, २०७८
|
|
३५ पटक हेरिएको
Shares
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै

सारांश

  •     यता काढा सेवनका लागी राजबिराजस्थित गजेन्द्र चौकमा दैनिक ३ सय ५० देखि ४ सय जना सम्म सर्वसधारण आउने गरेको उनको भनाई छ ।
  •     संस्थाले सुरूवात गरेको यो अभियानका लागि स्वयंमसेवी प्रयाग यादब, कार्तिक चौधरी, सुरेश रूगंटा, गोपाल गुप्ता, दिलिप यादब लगायत ७१ जना खटिएका छन ।
  • यस्तै स्थानिय समाजसेवीहरूका तर्फबाट पनि निकै सहयोग मिलेको उनको भनाई छ ।

    राजविराज/विश्व हिन्दु परिषद नेपाल सप्तरीले विगत एक महिनादेखी जिल्लाका विभिन्न ११ स्थानमा निशुल्क काढा बितरण गर्दै आएको छ ।
    बढदै गएको कोरोना संक्रमणसँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले मुलेठी, तुलसी, अस्वगन्धा, गिलोय, ईलाईची लगायतका आयुर्वेदिक जडिबुटी मिश्रित काढा तयार गरि बितरण गरिदै आएको कार्यक्रमका अगुवा एवं विश्व हिन्दु परिषद सत्संग बिभाग, सगरमाथा सभागका सहसंयोजक जंगबहादुर सिँहले जानकारी दिएका छन् ।
    अभियान जेष्ठ २० गतेदेखि जिल्लाको सदरमुकाम राजबिराजका साथै प्रमुख बजार हनुमाननगर, कंचनपुर, भारदह, कल्याणपुर, बोदेबरसाईन, मैनाकडेरी, तिरहुत, छिन्नमस्ता लगायतका ११ स्थानमा संचालनमा रहेको सिँहको भनाई छ ।
    यता काढा सेवनका लागी राजबिराजस्थित गजेन्द्र चौकमा दैनिक ३ सय ५० देखि ४ सय जना सम्म सर्वसधारण आउने गरेको उनको भनाई छ ।
    संस्थाले सुरूवात गरेको यो अभियानका लागि स्वयंमसेवी प्रयाग यादब, कार्तिक चौधरी, सुरेश रूगंटा, गोपाल गुप्ता, दिलिप यादब लगायत ७१ जना खटिएका छन । यस्तै स्थानिय समाजसेवीहरूका तर्फबाट पनि निकै सहयोग मिलेको उनको भनाई छ । 
    यस्तै ग्यास चुलो र काढा पिउन प्रयोग गरिने ग्लासको ब्यबस्थापन स्थानिय समाजसेवीहरूले सहयोग पुर्‍याउदै आएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यो अभियानलाई अहिले जारी नै राख्ने परिषदले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?