काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 

सारांश

  •     अघिल्लो् दिन बुधवारदेखि सभापति यादबले जिल्लाको क्षेत्र १ वाट समायोजनको काम सुरू गरेपछि सचिव यादबले बिरोध गर्दै बिहिवार बिज्ञप्ति नै जारी गरेपछि बिवाद बाहिर आएको हो ।
  •     उनले सभापति यादबले संगठनको नीति निर्देशन बिपरित काम गरेको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन बिज्ञप्ति मार्फत पार्टी कार्यकर्तालाई अनुरोध गर्दै पार्टीमा देखिएको बिकृति, बिसंगति बिरूद्व आवाज उठाउन आवहान पनि गरेका छन ।
  •     समायोजन प्रक्रिया सम्पन्न गर्न केन्द्रिय निर्वाचन समितिले वालकृष्ण ढुगांनालाई प्रतिनिधिको रूपमा जिल्लामा पठाएको र उनकै रोहवरमा समायोजन प्रक्रिया तोकिएकै समय श्रावण १० गते भित्र सम्पन्न गरी केन्द्रिय निर्वाचन समितिमा पठाई सकिएको अबस्थामा पुन सभापति यादबले एकलोटी ढंगले सुरू गरेको समायोजन प्रक्रिया नौटंकी मात्र भएको सचिव यादबद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज
    नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादब र सचिव रामकुमार यादबले पार्टी कार्यकर्ता समायोजन बिषयलाई लिएर एक अर्कालाई आरोप प्रत्यारोप गर्न थालेपछि बिवाद उत्कर्षमा पुगेको छ ।
    अघिल्लो् दिन बुधवारदेखि सभापति यादबले जिल्लाको क्षेत्र १ वाट समायोजनको काम सुरू गरेपछि सचिव यादबले बिरोध गर्दै बिहिवार बिज्ञप्ति नै जारी गरेपछि बिवाद बाहिर आएको हो ।
    उनले सभापति यादबले संगठनको नीति निर्देशन बिपरित काम गरेको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन बिज्ञप्ति मार्फत पार्टी कार्यकर्तालाई अनुरोध गर्दै पार्टीमा देखिएको बिकृति, बिसंगति बिरूद्व आवाज उठाउन आवहान पनि गरेका छन ।
    समायोजन प्रक्रिया सम्पन्न गर्न केन्द्रिय निर्वाचन समितिले वालकृष्ण ढुगांनालाई प्रतिनिधिको रूपमा जिल्लामा पठाएको र उनकै रोहवरमा समायोजन प्रक्रिया तोकिएकै समय श्रावण १० गते भित्र सम्पन्न गरी केन्द्रिय निर्वाचन समितिमा पठाई सकिएको अबस्थामा पुन सभापति यादबले एकलोटी ढंगले सुरू गरेको समायोजन प्रक्रिया नौटंकी मात्र भएको सचिव यादबद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
    केन्द्रले पठाएको अधिकारिक प्रतिनिधिको उपस्थितिमा समायोजन प्रक्रिया सम्पन्न गर्ने बेला पटक पटक सभापति यादवलाई बोलाउदाँ नआएपछि आफु, कोषाध्यक्ष, जिल्ला सदस्य, क्षेत्रिय, महासमिति र महाअधिबेशन प्रतिनिधिहरूको उपस्थितिमा अन्तरिम पुर्नसंरचना निर्देशिका अनुसार समायोजन प्रक्रिया सम्पन्न गरि केन्द्रीय प्रतिनिधि माफर्तपठाई सकिएको सचिव यादबको भनाई छ ।
    यता सभापति यादबले सबै सँग सल्लाह गरेर समायोजन प्रक्रिया सुरू गरेको दाबी गरेका छन । हामीले अन्तरिम पुर्नसंरचना निर्देशिकाको पुर्ण पालना गर्दै समायोजन सुरू गरेका हौ, उनले भने, अधिकारीक केन्द्रीय प्रतिनिधि ननुलाल यादबको उपस्थितिमा समायोजन प्रक्रिया अघि बढेको छ, यो नै अधिकारिक हो ।
    उनले केन्द्रीय निर्वाचन समितिले जिल्ला प्रतिनिधिको रूपमा ननुलाल यादवलाई पठाएको दाबी गर्दै उनको उपस्थितिमा गरिने समायोजन प्रक्रियाले नै मान्यता पाउने दाबी गरे । सचिव यादबले त ढुगांनालाई केन्द्रले प्रतिनिधि तोकेको दाबी गरेका छन नि ? भन्ने प्रश्नको जवाफमा उनले त्यो कुरा गलत भएको बताए ।
    उनले भने, एकछिनका लागि ढुगांनालाई नै प्रतिनिधि मान्ने हो भने मलाई नै जानकारी नदिई मनपरी ढंगले निर्णय र सिफारिस गर्न मिल्छ र ? यसवारे सभापति यादबले बताएका केन्द्रीय प्रतिनिधि ननुलाल यादबसँग जिज्ञासा राख्दाँ उनले समायोजन प्रक्रिया सकाउन केन्द्रले प्रतिनिधिको रूपमा आफूलाई खटाएको र आप्mनो उपस्थितिमा भईरहेको समायोजन प्रक्रिया नै अधिकारिक भएको प्रतिक्रिया दिए । 
    सभापति यादब केन्द्रीय सभापति देउवा निकटका हुन भने सचिव यादब बरिष्ठ नेता पौडेल निकटका मानिन्छन् ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 
डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने  
डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने  
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर