व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि

राजविराज राजविराज
|
बुधबार, माघ १९, २०७८
|
|
६६ पटक हेरिएको
Shares
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि

सारांश

  •     विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्वाचन नगराएको भन्दै उनीहरु मंगलबारदेखी अनिश्चितकालिन रिले अनसनमा बसेका हुन् ।
  •       बुधबार सिता देवी मंडल, सियाराम यादव, बिरेन्द्र दास, असोक सदा र भुटाइ मंडल रिले अनसनमा बसेका  छन् ।
  • उनीहरुले चुनावको मिति घोषणा नगरेसम्म रिले अनसनलाई निरन्तरता दिने अडान लिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
    विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ महुकी पत्थरगाडास्थित एसएलपी माध्यमिक विद्यालयका अभिभावकहरुले बुधबार पनि रिले अनसनलाई निरन्तरता दिएका छन् । 
    विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्वाचन नगराएको भन्दै उनीहरु मंगलबारदेखी अनिश्चितकालिन रिले अनसनमा बसेका हुन् । 
    बुधबार सिता देवी मंडल, सियाराम यादव, बिरेन्द्र दास, असोक सदा र भुटाइ मंडल रिले अनसनमा बसेका  छन् । उनीहरुले चुनावको मिति घोषणा नगरेसम्म रिले अनसनलाई निरन्तरता दिने अडान लिएका छन् । 
    सो विद्यालयमा २०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको थियो । तीन वर्षे कार्यकाल रहेपनि पाँच वर्ष बित्न लाग्दा पनि निर्वाचन गर्न आलटाल गरेको स्थानिय अभिभावकको आरोप छ । 
    यसअघि पटक पटक भएको अभिभावक भेलाबाट समयमै सहमतिबाट नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भएपनि कार्यान्वयन हुन नसक्दा बाध्य भई अनिश्चितकालिन रिले अनसन सुरु गरेको स्थानिय अभिभावकहरुको भनाई छ । विद्यालय प्रशासन र नगरपालिका समेत निर्वाचन गराउन उदासिन रहेको उनीहरुको आरोप छ । 
    यता विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन समयमै गराउन नसकिएको बताए । विगत लामो समयदेखी कोरोनाको प्रभावका कारण पटक पटक विद्यालय बन्द गर्नु परेको अवस्थामा कोरोनाको जोखिम कम हुने बितिक्कै नगरपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, विद्यालय निरिक्षक र स्थानिय प्रशासनसँग अनुमति लिई छिट्टै निर्वाचन सम्पन्न गर्ने आफ्नो योजना रहेको सुनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
वर्षौदेखी जिर्ण रहेको काठेपुल बिस्थापित गरि पक्की पुल निर्माण हुँदै
वर्षौदेखी जिर्ण रहेको काठेपुल बिस्थापित गरि पक्की पुल निर्माण हुँदै