चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप

राजविराज राजविराज
|
सोमबार, भाद्र २२, २०७७
|
|
४४ पटक हेरिएको
Shares
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप

सारांश

  •     स्थानिय प्रशासनले पूर्वमा खाँडो नदी, उत्तरमा कोशी पम्प चन्द्र नहर, पश्चिममा छिन्नमस्ता डेरी (सिरहा रोड) नजिकको नाला र दक्षिणमा लिलजा टोल÷बागेश्वरी मन्दिर सम्ममा भदौं २९ सम्म निषेधाज्ञा जारि गरेको हो ।
  •   सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिका बैठकले सो निर्णय गर्दै यसअवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिइने अनुमति दिइएको छ ।
  •     जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारि गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
    कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले राजविराज नगर क्षेत्रमा चार किल्ला तोकेर मंगलबारदेखी थप ७ दिनका लागि निषेधाज्ञा बढाएको छ । यसअघि जारि गरिएको निषेधाज्ञाको समय सोमबाररात्ी १२ बजे सकिदैछ ।
    स्थानिय प्रशासनले पूर्वमा खाँडो नदी, उत्तरमा कोशी पम्प चन्द्र नहर, पश्चिममा छिन्नमस्ता डेरी (सिरहा रोड) नजिकको नाला र दक्षिणमा लिलजा टोल÷बागेश्वरी मन्दिर सम्ममा भदौं २९ सम्म निषेधाज्ञा जारि गरेको हो । 
सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिका बैठकले सो निर्णय गर्दै यसअवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिइने अनुमति दिइएको छ ।
    जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारि गरेको थियो । त्यसपछि पनि कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पटक पटक निषेधाज्ञाको म्याद बढाउँदै लगेको छ । 
    पछिल्लो पटक राजविराज नगरपालिकामा ७ दिनका लागि निषेधाज्ञा थपिएको छ भने अन्य स्थानिय निकायको हकमा सम्बन्धीत स्थानिय तहका प्रमुखले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार भिडभाड नगरि, सामाजिक दुरी कायम गर्दै, अत्यावश्यक सेवा र सामाग्रिका पसल तथा संस्थाहरु खोल्न सक्ने अनुमति दिन सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु