पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार

सारांश

  •     बि.
  • स.
  • २०७१ साउन महिनामा १५ वर्षको उमेरमा मामाको घरबाट सम्पर्क विहिन भएकी पासवानकी कान्छी छोरी रिंकु कुमारी भनिने रंजन कुमारी पासवानलाई प्रहरीले उद्धार गरि अभिभावकको जिम्मा लगाएको हो ।

दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले पाँच वर्षदेखी हराईरहेकी सप्तरीको बलानबिहुल गाउँपालिका ३ निवासी धर्मदेव पासवानकी २० वर्षिया छोरी रन्जना कुमारी पासवानलाई उद्दार गरि अभिभावकको जिम्मा लगाएको छ ।
    बि.स. २०७१ साउन महिनामा १५ वर्षको उमेरमा मामाको घरबाट सम्पर्क विहिन भएकी पासवानकी कान्छी छोरी रिंकु कुमारी भनिने रंजन कुमारी पासवानलाई प्रहरीले उद्धार गरि अभिभावकको जिम्मा लगाएको हो । 
    उनलाई एक वर्ष अघि भारतको पुर्णिया स्थित स्टेशन चौक नजिकै भारतीय प्रहरीले अलपत्र अवस्थामा फेला पारि सोही ठाउँ स्थित अल्पबास गृहमा बुझाएका थिए । बालिकाबाट प्राप्त विवरण संकलन गरी सो गृहले भारतीय राजदुतावास हुदै नेपाली राजदुतावास, प्रधानमन्त्रीको कार्यालय तथा प्रहरी प्रधान कार्यालय सम्मलाई खबर पुर्याएका थिए । 
    यसै शिलशिलामा जिल्ला प्रहरी कार्यालयबाट प्रनानी चन्द्र बहादुर केरुङ्गको कमाण्डमा एउटा टोली त्यस तर्फ खटाएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । प्रहरीको टोली सँगै पहिचानका लागी रंजनकी बाबु आमा समेतलाई त्यस तर्फ लगिएको थियो । 
    पुर्णिया स्थित अल्पावास गृहमा पुग्दा बाबु आमाले छोरी र छोरीले बाबु आमालाई चिनेपछि विहार सरकारको समाज कल्याण विभाग मातहतमा रहेको उक्त गृहका संचालकले आवश्यक प्रकृया पुरा गरेर प्रहरीको जिम्मा लगाएका थिए । 
    यता उनी कसरी भारत पुगीन भन्ने तर्फ पनि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए
पोखरीमा डुबेर १२ महिनामा १२ बालबालिकासहित २२ जनाले ज्यान गुमाए
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा