सुनसरी घटनाको बिरोधमा राजविराज बन्द

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
१२१ पटक हेरिएको
Shares
सुनसरी घटनाको बिरोधमा राजविराज बन्द

सारांश

  • हिन्दु सम्राट सेना नेपाल सप्तरी तथा अन्य संघ संगठनको अगुवाईमा बन्दको आह्वान गरिएको हो ।
  • बन्द सफल पार्न बिहानैदेखी हिन्दुवादी संघ संगठनका अगुवाहरु सडकमा उत्रेका थिए ।
  • ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका उनीहरुले उक्त घटनाको उच्चस्तरिय र निश्पक्ष छानबिन, दोषिलाई कारवाही, मृतक परिवारलाई राहत, मृतकलाई सहिद घोषणा, घाइतेको निशुल्क उपचार लगायतका माग अघि सारेका छन् ।
दैनिक समाचारदाता
राजविराज, १३ साउन । 
सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा भएको हिंसक घटनाको बिरोधमा बुधबार राजविराज बन्द गरिएको छ ।
हिन्दु सम्राट सेना नेपाल सप्तरी तथा अन्य संघ संगठनको अगुवाईमा बन्दको आह्वान गरिएको हो ।
बन्द सफल पार्न बिहानैदेखी हिन्दुवादी संघ संगठनका अगुवाहरु सडकमा उत्रेका थिए । ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका उनीहरुले उक्त घटनाको उच्चस्तरिय र निश्पक्ष छानबिन, दोषिलाई कारवाही, मृतक परिवारलाई राहत, मृतकलाई सहिद घोषणा, घाइतेको निशुल्क उपचार लगायतका माग अघि सारेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले मुश्लिम आयोग र धर्मनिरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग समेत गरे ।
सोही क्रममा स्थानीय नेता चौकमा प्रदर्शनकारीहरुले एउटा साइकल जलाएका छन् भने त्यस बाहेक कुनै अप्रिय घटना भएन् ।
यता बन्द आह्वानका कारण बजार र यातायात ठप्प हुँदा जनजिवन प्रभावित भएको छ । लामो तथा छोटो दुरीमा संचालन हुने ठूला सवारीसाधन संचालनमा आउन सकेनन् भने फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा सडकमा गुडिरहेको देखिन्थ्यो ।
स्थानीय प्रशासनले जिल्लामा शान्ति सुरक्षाको अवस्था कडा पार्नुका साथै दुबै समुदायलाई भ्रामक हल्लाको पछी नलाग्न र आपसी सद्भाव कायम राख्न सूचना मार्फत अपील गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
विभिन्न पुरस्कारबाट  तीन पत्रकार सम्मानित
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?