दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) सप्तरीले भारतबाट आउने मोटरसाईकलको पास सुलभ बनाउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष केदार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापालाई सो ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा भारत–नेपालबीच रोटी बेटीको सम्बन्ध रहेकोले आफन्तलाई भेट्नका लागी नेपालतर्फ आएका कतिपय भारतीय नागरिकको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाई लिलामिमा समेत गराउन थालेको भन्दै यसले दुई देशको सुमधुर सम्बन्धमा खलल पु¥याउने काम गरेको उल्लेख गरिएको छ ।
भन्सार काटेर आएका भारतीय सवारी साधनलाई नेपाल प्रवेशको अनुमती दिने प्रावधान रहेपनि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सारमा मात्र भन्सार महसुल लिएर अनुमती पास दिने व्यवस्था छ, जसकारण अन्य नाकाबाट नेपाल आउन चाहने र आएका भारतीयहरुलाई समस्या परिरहेको ज्ञापन पत्रमा उल्लेख छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित गोविन्दपुर, राजगढ गाउँपालिस्थित बनैनिया, बादेबर्साइन नगरपालिकास्थित स्वर्णपट्टी, डाक्नेश्वरी नगरपालिकास्थित पातो र बलान बिहुल गाउँपालिकास्थित मौवहा बेल्ही लगायतका नाकाहरुबाट समेत शुल्क लिएर भारतीय सवारीसाधनलाई अनुमती पत्र प्रदानको अविलम्ब व्यवस्था मिलाउन ज्ञापन पत्र मार्फत माँग गरिएको छ ।
टोलीमा जिल्ला कमिटीका उपसिचवद्वय शम्भु कुमार यादव, निलेश झा, कार्यकारणी सदस्य लक्ष्मण यादव, राजेश्वर राय, विद्यार्थी नेता श्याम कुमार यादव लगायत सहभागी थिए ।
ज्ञापन पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकार थापाले कानुनको परिधीमा रही भारतीय नम्बरका सवारी साधनलाई सहज रुपमा प्रवेश र अनुमती पत्र उपलब्धका लागी आफुले आवश्यक पहल गर्ने आश्वान दिएका थिए ।
जसपाद्वारा भारतीय मोटरसाईकलको पास सुलभ बनाउन माग
सारांश
- पार्टीका जिल्ला अध्यक्ष केदार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापालाई सो ज्ञापन पत्र बुझाएको हो ।
- ज्ञापन पत्रमा भारत–नेपालबीच रोटी बेटीको सम्बन्ध रहेकोले आफन्तलाई भेट्नका लागी नेपालतर्फ आएका कतिपय भारतीय नागरिकको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाई लिलामिमा समेत गराउन थालेको भन्दै यसले दुई देशको सुमधुर सम्बन्धमा खलल पु¥याउने काम गरेको उल्लेख गरिएको छ ।
- भन्सार काटेर आएका भारतीय सवारी साधनलाई नेपाल प्रवेशको अनुमती दिने प्रावधान रहेपनि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सारमा मात्र भन्सार महसुल लिएर अनुमती पास दिने व्यवस्था छ, जसकारण अन्य नाकाबाट नेपाल आउन चाहने र आएका भारतीयहरुलाई समस्या परिरहेको ज्ञापन पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया