दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
स्थानिय तह सम्म प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बनाउन तथा शैक्षिक बिकासका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
बुधवार राजबिराज नगरपालिकाको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरूका लागि तीन दिने क्षमता बिकास कार्यशाला गोष्ठीको समापन कार्यक्रम सहभागीहरूले सो कुरामा जोड दिएका हुन ।
सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले नगरको शिक्षा बिकासका लागि तथा बिद्याथीहरूको सीपको बिकासमा दक्ष बनाउन ठोस योजना ल्याउने बताईन, ।
नगर शिक्षा समिति सदस्य तथा राजबिराज वडा ८ का अध्यक्ष जय नारायण मण्डलले नगरभित्रका बिद्यालयको बिकासका लागि सबै बिद्यालयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई प्रभाकारी बनाउने बताए ।
यस्तै केअ माबिका प्रअ बिनोद साहले निजी सरह सामुदायिक बिद्यालय अभिभावकले समय दिन नसकेकोले सामुदायिक बिद्यालयको गुणस्तरिय घट्दै गएको बताए ।
राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले नगरभित्रको बिद्यालयको शैक्षिक अबस्था कमजोर हुँदै जादाँ नगरपालिकाले शैक्षिक क्षेत्रलाई बलियो सँगै बिकासको गति दिन क्षमता बिकास कार्यशाला कार्यक्रमले शिक्षाको गुणस्तरियतामा टेवा पुग्ने बिश्वास लिएका बताए ।
सो अवसरमा नगरका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादबले यस कार्यशालाले शिक्षाको योजनाको निर्माण, कार्यन्वयन, अनुगमन तथा पृष्ठपोषण गर्ने उदेश्य रहेको बताउदै यस कार्यमा सबै जनप्रतिनिधि तथा बिधालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघलाई जिम्मेवारी बनाउन सहयोग पुग्ने जिकिर गरे ।
सो गोष्ठीमा प्रमुख प्रशासकिय अधिकृत थापा, शाखा अधिकृत यादब, ईजिआरपीका सप्तरी जिल्ला संयोजक प्रमोद महत, डोल्पा ईजिआरपी जिल्ला संयोजक रणबहादुर कार्की लगायतले सहजिकरण गरेका थिए ।
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
सारांश
- बुधवार राजबिराज नगरपालिकाको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरूका लागि तीन दिने क्षमता बिकास कार्यशाला गोष्ठीको समापन कार्यक्रम सहभागीहरूले सो कुरामा जोड दिएका हुन ।
- सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले नगरको शिक्षा बिकासका लागि तथा बिद्याथीहरूको सीपको बिकासमा दक्ष बनाउन ठोस योजना ल्याउने बताईन, ।
- नगर शिक्षा समिति सदस्य तथा राजबिराज वडा ८ का अध्यक्ष जय नारायण मण्डलले नगरभित्रका बिद्यालयको बिकासका लागि सबै बिद्यालयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई प्रभाकारी बनाउने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया