सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित

राजविराज राजविराज
|
सोमबार, चैत्र ५, २०८०
|
|
११९ पटक हेरिएको
Shares
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित

सारांश

  •     भारतको गुहाटीमा उक्त संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दुबै जना सम्मानित भएका हुन् ।
  •       संस्थाको संस्थापक अध्यक्ष महानन्द सरकार दत्ताले अधिकारकर्मी साहलाई सुभाष चन्द्र बोस फेलोसिप र सामाजिक अभियान्ता अनवर अलिलाई डा.
  • एमबेडकर ग्लोबल फेलोशिपबाट सम्मानित गरे ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 

    ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरमद्वारा सप्तरीका मानव अधिकारकर्मी सुनिता साह ‘क्रान्ति’ र सामाजिक अभियान्ता अनवर अली सम्मानित भएका छन् । 
    भारतको गुहाटीमा उक्त संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दुबै जना सम्मानित भएका हुन् । 
    संस्थाको संस्थापक अध्यक्ष महानन्द सरकार दत्ताले अधिकारकर्मी साहलाई सुभाष चन्द्र बोस फेलोसिप र सामाजिक अभियान्ता अनवर अलिलाई डा. एमबेडकर ग्लोबल फेलोशिपबाट सम्मानित गरे । 
    विश्वभर मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका दक्षिण एसियामा क्रियाशील सामाजिक अभियन्ताहरुलाई विभिन्न अवार्ड प्रदान गरिएको छ ।
    मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एकसलेनसी सर्भिस एवार्ड, नबल किसोर साहलाइ भुपेन हजारिका फेलोसिप, गीता पासवान, सिकिन पासवान, बिभा पासवान, कामेश्वर प्रसाद साहलाई डा. एमबेडकर ग्लोबल फेलोशिप र प्रमिला गिरीलाई आलोक बेनरजी ग्लोबल फेलोशिप एवार्डबाट संस्थाको संस्थापक अध्यक्ष दत्ताले सबैलाई सम्मनित गरेका हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी