दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
बालुवा गिठ्ठीले छोपेर तस्करीका लागी टिपरमा लुकाएर लैजादै गरेको प्रतिबन्धित लागु औषध १ हजार ७ सय १७ केजी गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ ।
दुई महिना नवित्दै प्रहरीले पुनः खेतमा परालले छोपेर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले बलानविहुल गाउँपालिका वडा नं.१ बलानपट्टीस्थित खेतबाट परालले छोपी राखिएको अवस्थामा ६ सय ७० केजी गाँजा बरामद गरेको छ ।
शनिबार साँझ बरामद गरिएको उक्त गाँजा आईतवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ ।
तस्करीका लागी २४ वटा प्लास्टिकको प्याकेट बनाई परालमुनी लुकाई राखिएको अवस्थामा गोप्य सुचनाको आधारमा प्रहरी चौकी मौवाहाका प्रहरी सहायक निरिक्षक हेमन्त तमाङको नेतृत्वका खटेको टोलीले उक्त गाँजा बरामद गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उक्त गाँजा भण्डारण गर्ने ब्यक्तीको पहिचान खुल्न बाँकी रहेको र यसबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
सप्तरी प्रहरीले यस अघि गत मंसिर ३ गते हुलाकी सडक खण्ड अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका सडक खण्डमा बालुवागिठ्ठी बोकेको टिपरबाट १ हजार ७ सय १७ केजी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिबन्धित लागु औषध गाँजा बरामदगी तथा आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रहरी सहायक निरिक्षकसहित हेमन्त तमाङ, प्रहरी बरिष्ठ हबल्दार राजकुमार महतो तथा प्रहरी जबान अर्जून कुमार साह र मुकेश रायलाई पुरस्कृत गरिएको छ ।
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
सारांश
- दुई महिना नवित्दै प्रहरीले पुनः खेतमा परालले छोपेर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको हो ।
- प्रहरीले बलानविहुल गाउँपालिका वडा नं.
- १ बलानपट्टीस्थित खेतबाट परालले छोपी राखिएको अवस्थामा ६ सय ७० केजी गाँजा बरामद गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया