दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले संघीय सरकारको एक मन्त्रालयले पाउने रकम भन्दा पनि कम पाउने बजेटले प्रदेश संचालन गरिरहनु परेको बताएका छन् ।
मिडिया काउन्सील मधेश प्रदेशद्वारा आइतबार राजविराजमा आयोजना गरिएको संचार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सीमित श्रोत साधनका बाबजुद पनि मधेश प्रदेश सरकारले हरेक क्षेत्रको विकासका लागि काम गरिरहेको मन्त्री साहले बताए । उनले यस्तो अवस्थाका बाबजुद मधेश प्रदेश सरकारले हरेक क्षेत्रसँगै राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार र पत्रकारिता क्षेत्रको उत्थानका लागि काम गरिरहेको दाबी समेत गरे ।
मिडिया काउन्सील मधेश प्रदेशका अध्यक्ष शिवहरिप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबी कर्ण, प्रेस आउन्सीलका पूर्व सदस्य अनिलकुमार अनल, मन्त्रालयका सचिव रामकुमार महतो, आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, सचिव भोला पासवान, महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देव, सिरहा शाखाका अध्यक्ष मनोज बनरैत यादवले पनि आ–आफ्नो सुझाव दिएका थिए ।
कार्यक्रममा सिरहा र सप्तरीका संचारकर्मीहरुलाई दुई समूहमा विभाजन गरि पत्रकार आचारसंहितामा समावेश गर्नु पर्ने र प्रस्तावित आचारसंहिताबाट हटाउनु पर्ने विषयहरुबारे समूहगत छलफल चलाइएको थियो ।
कार्यक्रममा मिडिया काउन्सीलका सदस्य कैलाश दास, बन्दना झा, रिंकु मिश्रा र अर्जुन मण्डलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह
सारांश
- मिडिया काउन्सील मधेश प्रदेशद्वारा आइतबार राजविराजमा आयोजना गरिएको संचार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
- सीमित श्रोत साधनका बाबजुद पनि मधेश प्रदेश सरकारले हरेक क्षेत्रको विकासका लागि काम गरिरहेको मन्त्री साहले बताए ।
- उनले यस्तो अवस्थाका बाबजुद मधेश प्रदेश सरकारले हरेक क्षेत्रसँगै राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार र पत्रकारिता क्षेत्रको उत्थानका लागि काम गरिरहेको दाबी समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया