दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 

राजविराज राजविराज
|
सोमबार, माघ १४, २०८१
|
|
२१ पटक हेरिएको
Shares
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 

सारांश

  •     सप्तरीको राजविराज नगरपालिका ९ मलेठ की ३९ वर्षिया ललिता देवी सुतिहारलाई बचाउन ४५ वर्षिय श्रीमान पाचु सुतिहारको दिनचर्या अहिले यस्तो बेको हो ।
  • उनी विगत तीन वर्षदेखी मृगौला रोगले पीडित छिन् ।
  •       साईकलमा श्रीमती बोकेर विगत दुई महिनादेखी घरबाट ३ किलोमिटर टाढा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हप्ताको ३ दिन डायलासिसका लागि पुग्ने गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ माघ । 

    दुबै मृगौला फेल भएकी श्रीमतीको ज्यान बचाउन श्रीमान अहिले हप्ताको तीन दिन साइकलमै बोकेर अस्पताल धाउन थालेका छन् । 
    सप्तरीको राजविराज नगरपालिका ९ मलेठ की ३९ वर्षिया ललिता देवी सुतिहारलाई बचाउन ४५ वर्षिय श्रीमान पाचु सुतिहारको दिनचर्या अहिले यस्तो बेको हो । उनी विगत तीन वर्षदेखी मृगौला रोगले पीडित छिन् । 
    साईकलमा श्रीमती बोकेर विगत दुई महिनादेखी घरबाट ३ किलोमिटर टाढा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हप्ताको ३ दिन डायलासिसका लागि पुग्ने गरेका छन् । सोमबार श्रीमतीलाई साइकलमै बोकेर डायलासिसका लागि अस्पताल पुगेका पाचुले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताएका छन । 
    उनका अनुसार ललिताको तीन वर्ष पहिले पेट र मुटु दुखेको थियो । सुरुमा राजविराज, धरान र विराटनगरमा भएको उपचारले खासै सुधार हन सकेन । त्यसपछि काठमाण्डौ र भारतको दिल्ली सम्म लगी उपचार गराइएको थियो । त्यहाँ उपचारका त्रममा दुबै मृगौलाले काम नगरिरहेको पत्ता लागेको थियो । 
    उनका अनुसार उपचारमा अहिलेसम्म ७ लाख रुपैया खर्च भइसकेको छ । चिकित्सकले तत्काल उनको मृगौला प्रत्यारोपण गराउन सुझाव दिएको श्रीमान पाचुको भनाई छ । ललिताका अनुसार ६४ वर्षिय बुवा लक्ष्मणले मृगौला दिन लागेका हुन । अहिले सम्मको स्वास्थ्य परिक्षण रिपोर्ट अनुसार बुआ लक्ष्मणले मृगौला दिन मिल्ने देखिएको चिकित्सकहरुको भनाई रहेको ललिताले सुनाईन । 
    भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागी नाम दर्ता गराएपनि रमक अभावमा लिएर जान नसकेको पाचुले बताएका छन । “चिकित्सकले मृगौला प्रत्यारोपणमा लाग्ने खर्च र तत्काल खाने औषधी समेत गरी करिब ११ लाख रुपैया लाग्ने, भनेका छन, पाचुले भने–डायलासिसका लागी अस्पताल सम्म पु¥याउन अटो भाडा सम्म नहुदाँ श्रीमतीलाई साइकलमा बोकेर लैजानु परेको बेला त्यत्रो ठूलो रकम जोहो गर्नू त कल्पनै गर्न सकिन्न ।”
    उनी फर्निचर उधोगमा काम गर्ने मजदुर हुन । सामान्य आर्थिक अवस्थामा ऋण सापटी लिएर अहिले सम्म उपचार गराउन सकिएको उनको भनाई छ । श्रीमतीको यस्तो अवस्था भएपछि दुई सन्तानको पढाई पनि रोकियो, काममा पनि फर्किन सकिएन र अहिले घर व्यवहार पनि चलाउन समस्या छ, उनले भने–श्रीमती बचाउने अन्तिम प्रयासमा भए भरको घर र सबै सम्पती सकियो, अब कुनै उपाय रहेन ।”
    आप्mनो पत्नीको जीवन रक्षाका लागी सबंैसँग सहयोगको हात फैलाउदै उनले सहयोग गर्न चाहने इच्छुक ब्यक्तीले पीडितको नाममा माछापुच्छ«े बैंकमा रहेको खाता नं. ०५३०९८६२३२७०००१८ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह समेत गरेका छन । त्यसै गरी मोबाईल नं ९८१९७४०८१८ मा पनि सम्र्पक गर्न उनले आग्रह गरेका छन ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 
वर्तमान प्रदेशसभा सदस्य यादवलाई पराजित गर्दै जनतमको सप्तरीमा तेश्रो जित 
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
बलात्कारका घटना र त्यसका कारण
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर