सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 

राजविराज राजविराज
|
बिहिबार, श्रावण २६, २०७९
|
|
४४ पटक हेरिएको
Shares
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 

सारांश

  •     जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले उक्त सिफारिस गरेको हो ।
  • उनले टुक्रयाउने सिफारिस गरिएका केन्द्रहरुमा मतदाताको संख्या बढी, मतदातालाई पायक नभएको, सानो ठाउँ भएको लगायतका कारणले सिफारिसले गरिएको बताए ।
  •       निर्वाचन अधिकारी जोशीले समितिको बसेको बैठकले जिल्लाका ३ वटा मतदान स्थललाई गाभ्ने र ६ वटालाई नयाँ स्थानमा सार्ने सिफारिस समेत गरिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 

    सप्तरीका ११ वटा मतदान केन्द्रलाई टुक्राएर अर्को मतदान केन्द्र थप्ने सिफारिस गरिएको छ । 
    जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले उक्त सिफारिस गरेको हो । उनले टुक्रयाउने सिफारिस गरिएका केन्द्रहरुमा मतदाताको संख्या बढी, मतदातालाई पायक नभएको, सानो ठाउँ भएको लगायतका कारणले सिफारिसले गरिएको बताए ।  
    निर्वाचन अधिकारी जोशीले समितिको बसेको बैठकले जिल्लाका ३ वटा मतदान स्थललाई गाभ्ने र ६ वटालाई नयाँ स्थानमा सार्ने सिफारिस समेत गरिएको जानकारी दिए । 
    समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दल, स्थलगत अवलोकन, निरिक्षण तथा स्थानियहरुको सुझावको आधारमा निर्वाचन आयोगलाई उक्त सिफारिस गरिएको समितिका सदस्य सचिव रहेका निर्वाचन अधिकारी जोशीले बताए ।
    गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा जिल्लामा ५ सय ३६ मतदान केन्द्र र २ सय ९७ मतदान स्थल तोकिएको थियो । 
    यस्तै असार १ गतेदेखी साउन १९ गतेसम्म सप्तरीमा थप ९ हजार १ सय १४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  
    जिल्ला निर्वाचन अधिकारी जोशीका अनुसार सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुने घोषणा गरेपछि साउन १९ गते साँझ ५ बजेसम्म उक्त संख्यामा मतदाता नामावली दर्ता भएको हो । 
    दर्ता गराएका मध्येबाट ४ हजार ८ सय ३९ जना पुरुष र ४ हजार २ सय ७५ जना महिला छन् । दर्ता गरिएका सबै नामावलीहरु हाल रुजु गर्ने कार्य भइरहेको उनले बताए । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने जोशीको भनाइ छ ।
    त्यस्तै निर्वाचन अयोगले अद्यावधीक गर्न दिएको समयभित्र जिल्लामा ३ सय १६ जनाको निवदेन परेको छ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, झुठा विवरणको विरोधमा उजुरी दिन, दोहोरो नामावली हटाउन, मृत्यु भएकाको नाम हटाउन, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भए पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिएको हो ।
    सप्तरीमा गत बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र २१ जना अन्य गरि ४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेका थिए ।     
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द
एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष