सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित

राजविराज राजविराज
|
मंगलबार, जेठ १३, २०७७
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित

सारांश

  •     यसअघि सप्तरीमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
  • मंगलबार एक महिलासहित ११ जना गरि सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुगेको हो ।
  •       मंगलबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट ८, बलानबिहुल गाउँपालिकाबाट एक महिलासहित २ र सुरुङ्गा नगरपालिकाबाट एक जना गरि ११ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ जेठ । 
    सप्तरीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार जारि विज्ञप्तिमा मंगलबार एकै दिन ९० जनामा कोरोना संक्रमित पाइएको जनाइएको छ । 
    यसअघि सप्तरीमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । मंगलबार एक महिलासहित ११ जना गरि सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुगेको हो । 
    मंगलबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट ८, बलानबिहुल गाउँपालिकाबाट एक महिलासहित २ र सुरुङ्गा नगरपालिकाबाट एक जना गरि ११ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । 
    हाल उनीहरु आ–आफ्नो पालिका अन्तरगतका क्वारेन्टाइनमा रहेका छन् । यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र बलानबिहुल गाउँपालिकाकामा दुई÷दुई जना गरि चार जना संक्रमितको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।  
    यो सँगै नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
नेपालका बरिष्ठ बैज्ञानिक तथा  अनुसन्धानकर्ता अग्रवालको निधन
नेपालका बरिष्ठ बैज्ञानिक तथा  अनुसन्धानकर्ता अग्रवालको निधन
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै