लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना

राजविराज राजविराज
|
आइतबार, बैशाख २१, २०८२
|
|
२० पटक हेरिएको
Shares
लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना

सारांश

  •     नगर क्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको मागसहित आन्दोलनरत नगरवासीहद्वारा गठित संघर्ष समितिको अगुवाईमा विहान साढे १० बजेदेखि कार्यालय खुल्नासाथ कार्यालय घेराउ र नारावाजी गर्दै धर्ना दिइएको हो ।
  •       एक घण्टा दिइएको धर्नाका कारण कार्यालयको सेवा प्रवाह ठप्प भएको थियो ।
  • धर्नामा संघर्ष समितिका पदाधिकारीका साथै जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, उद्योग बाणिज्य संघ सप्तरीका सचिव अमृत संचेती, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य ललन मिश्राका साथै ठूलो संख्यामा नगरवासी सहभागि थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।

    विभिन्न ८ बुँदे माग अघि सार्दै आन्दोलनरत राजविराज नगरवासीले आईतवार नापी कर्यालय घेराउ गर्दै कार्यालय अगाडी धर्ना बसेका छन् ।
    नगर क्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको मागसहित आन्दोलनरत नगरवासीहद्वारा गठित संघर्ष समितिको अगुवाईमा विहान साढे १० बजेदेखि कार्यालय खुल्नासाथ कार्यालय घेराउ र नारावाजी गर्दै धर्ना दिइएको हो । 
    एक घण्टा दिइएको धर्नाका कारण कार्यालयको सेवा प्रवाह ठप्प भएको थियो । धर्नामा संघर्ष समितिका पदाधिकारीका साथै जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, उद्योग बाणिज्य संघ सप्तरीका सचिव अमृत संचेती, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य ललन मिश्राका साथै ठूलो संख्यामा नगरवासी सहभागि थिए ।
    राजविराज नगरपालिका स्थापनाकालदेखि नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ–बायाँ रहेका ५ हजार २ सय परिवार बर्षौदेखि लालपुर्जा नपाएको र नगरपालिकाबाट नक्सापास तथा मालपोत कार्यालयबाट विगत ८ बर्षदेखि रोक्का प्रकृया बन्द गरिएछि मार्कामा परेका छन् । जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोबास तथा विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखि ऋणकर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएका छन् ।
    संघर्ष समितिले ब्लक र बिटौरी जग्गाको लालपुर्जाका साथै राजविराज बसपार्क अविलम्व संचालन, हटियामा निर्माणाधिन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्व सकाएर व्यवसायीलाई हस्तान्तरण, नाका क्षेत्रमा बर्षौ देखि बन्द रहेका छोटी भन्सार कर्यालयहरुको पुनर्संचालन लगायतका ८ बुदे माग अघि सार्दै विगत २ महिना देखि आन्दोलित छन् । तर सरोकारबाला निकायले माग सम्बोधन प्रति कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनलाई निरन्तरता दिइएको संघर्ष समितिका संयोजक इरसाद अन्सारीको भनाई छ ।
    यता नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रले नापी कार्यालयको डकुमेन्टले गाउँब्लकको जग्गा हो भनी देखाउँदा नगरपालिकाको डकुमेन्टले बिटौरी जग्गा हो भनेर देखाएकाले लालपुर्जा दिन समस्या भएको भन्दै यसको समाधान सम्बन्धित मन्त्रालयबाट नै सम्भव भएको बताए । उनले आफ्नै कार्यकालमा नगरवासीले लालपुर्जा पाउन सकोस भन्ने चाहना राखेको भन्दै यसका लागि आफूले सक्दो पहल गरिरहेको जानकारी समेत दिए ।
    संघर्ष समितिले बैशाख २२ गते सोमबार राजविराज नगरपालिका कार्यालयमा समेत घेराउ र धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ ।
    दोस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार नगरका घर र पसल पसलमा कालो झण्डा झुण्ड्याउने, मागका पक्षमा हस्ताक्षर संकलन अभियान, सरकोकारवाला कार्यालयमा धर्ना लगायतका विरोधका कार्यक्रम गरिरहेको छ । यस्तै संघर्ष समितिले बैशाख २४ गते नगरवासीको बृहत भेलाबाट तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु” ः संचारमन्त्री लेखी 
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु” ः संचारमन्त्री लेखी 
छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई
छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई
जाहेरी फिर्ता गर्दै एसपीले अभद्र व्यबहार गरेको आरोप
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु