सुरुङ्गा वडा नं. ५ र १० वालबिवाह मुक्त वडा घोषणा

राजविराज राजविराज
|
बुधबार, कार्तिक २, २०७९
|
|
७० पटक हेरिएको
Shares
सुरुङ्गा वडा नं. ५ र १० वालबिवाह मुक्त वडा घोषणा

सारांश

  •     सेभ द चिल्ड्रेनको साझेदारी एवं सुरुङ्गा नगरपालिकासँगको समन्वयमा सबल नेपालद्वारा संचालनमा रहेको समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।
  •       उक्त अवसरमा सुरुङ्गा नगरपालिका नगर प्रमुख गिता चौधरीले एक समारोहवीच बालविवाह मुक्त वडा घोषणा गरिन् ।
  • उक्त अवसरमा नगर प्रमुख गिता चौधरीले सूरूङ्गा नगरपालिकालाई चाडै वालविवाह मुक्त घोषणा गरी जिल्ला कै नमुना नगरपालिका बनाउने लक्ष्य रहेको बताईन ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
 
    सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ र १० लाई एक समारोहबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । 
    सेभ द चिल्ड्रेनको साझेदारी एवं सुरुङ्गा नगरपालिकासँगको समन्वयमा सबल नेपालद्वारा संचालनमा रहेको समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो । 
    उक्त अवसरमा सुरुङ्गा नगरपालिका नगर प्रमुख गिता चौधरीले एक समारोहवीच बालविवाह मुक्त वडा घोषणा गरिन् । उक्त अवसरमा नगर प्रमुख गिता चौधरीले सूरूङ्गा नगरपालिकालाई चाडै वालविवाह मुक्त घोषणा गरी जिल्ला कै नमुना नगरपालिका बनाउने लक्ष्य रहेको बताईन । 
    बालविवाह न्युनिकरण अभियान संचालन निर्देशिका अनुसार वडा ५ र १० मा बार्षिक रूपमा जम्मा बिवाहको अबस्था र वालविवाहको तथ्यांक संकलन गरी सुचक पूरा गरेपछि घोषणा गरिएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए । 
    गत १ बर्षमा वडा नम्वर ५ कुसहा, बैनगमा, पश्चिम कुशहा टोलमा ७ सय ६१ घरधुरी मध्ये ४२ वटा बिवाह भएको जसमा ८ वटा वालविवाह भएकोले सुचक अनुसार बालविवाह मुक्त घोषणा गरिएको हो । 
    त्यस्तै वडा १० को पटेर्वा, थल्हा र सिस्वा टोलको ४ सय ९३ घरधुरीमा सर्वेक्षण गर्दा एक बर्षमा ३१ वटा बिवाह भएका थिए जसमा ६ वटा वालविवाह मात्र भएको वालविवाहको सुचक अनुसार वडालाई वालविवाह मुक्त वडा घोषणा गरेका थिए ।  
    घोषणा कार्यक्रममा उपमेयर रुद्र बहादुर कार्की लगायत बिभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरू र सवल नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
चुनावी मैदानमा चार पत्रकार
चुनावी मैदानमा चार पत्रकार
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?