दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का सहसचिव परिष कर्णले फोटो खिचेकै आरोपमा सोमबार साँझ उनको निवासमा गई एक उच्श्रृंखल समूहले परिवारजनमाथी हातपात गरेको घटनाप्रति फोटो पत्रकार महासंघ सप्तरी शाखा र प्रदेश २ शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
शाखाका अध्यक्ष मनोज कुमार माझीद्वारा मंगलबार जारि विज्ञप्तिमा पत्रकारिता पेशाको निरन्तरताका क्रममा कानुन विपरीतका काम कारवाहीका फोटो खिच्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रता अन्तरगत नै पर्ने भएपनि फोटो खिचेकै आरोपमा पत्रकारको घरमा गई आक्रमण गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथी कै प्रहार हो भन्ने निष्कर्ष रहेको उल्लेख छ ।
साथै विज्ञप्तिमा उक्त घटनाका दोषिलाई पत्ता लगाएर कारवाही चलाउन तथा पत्रकारको सुरक्षाप्रति गम्भिर हुन स्थानिय प्रशासनसँग जोडदार माँग गरिएको छ ।
यस्तै नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठद्वारा मंगलबारै जारि विज्ञप्तिमा फोटो खिचेकै कारण पत्रकारसहित परिवारमाथी आक्रमण भएको घटना प्रेसस्वतन्त्रता बिरोधी रहेको ठहर गर्दै उक्त कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन स्थानिय प्रशासनसँग माँग गरिएको छ ।
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
सारांश
- शाखाका अध्यक्ष मनोज कुमार माझीद्वारा मंगलबार जारि विज्ञप्तिमा पत्रकारिता पेशाको निरन्तरताका क्रममा कानुन विपरीतका काम कारवाहीका फोटो खिच्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रता अन्तरगत नै पर्ने भएपनि फोटो खिचेकै आरोपमा पत्रकारको घरमा गई आक्रमण गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथी कै प्रहार हो भन्ने निष्कर्ष रहेको उल्लेख छ ।
- साथै विज्ञप्तिमा उक्त घटनाका दोषिलाई पत्ता लगाएर कारवाही चलाउन तथा पत्रकारको सुरक्षाप्रति गम्भिर हुन स्थानिय प्रशासनसँग जोडदार माँग गरिएको छ ।
- यस्तै नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठद्वारा मंगलबारै जारि विज्ञप्तिमा फोटो खिचेकै कारण पत्रकारसहित परिवारमाथी आक्रमण भएको घटना प्रेसस्वतन्त्रता बिरोधी रहेको ठहर गर्दै उक्त कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन स्थानिय प्रशासनसँग माँग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया