समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 

राजविराज राजविराज
|
बुधबार, आषाढ १०, २०७७
|
|
२१ पटक हेरिएको
Shares
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 

सारांश

  •     राजविराज ९ मलेठका ५० वर्षिय जवाहर यादवले तीन महिनादेखी राहत बितरण कार्यलाई निरन्तरता दिएका छन् ।
  •     बुधबारसम्म उनले २ सय ३७ विपन्न परिवारलाई ६ लाख ५५ हजार मुल्य बराबरको खाद्यान्न राहत स्वरुप बितरण गरिसकेका छन् ।
  • सामाजिक कार्यलाई निरन्तरता दिँदै बुधबार पनि उनले दलित बस्तीका ११ परिवारलाई चामल, दाल, खाने तेल र नुन लगायतका राहत सामाग्रि बितरण गरे ।

दैनिक समाचारदाता
राजविराज, १० असार । 
    सप्तरीका एक किसानले कोरोनाकालमा भएको लकडाउनको अवधीमा समस्यामा परेकाहरुलाई विगत आफ्नै लगानी नियमित राहत बितरणमा लागिपरेका छन् ।
    राजविराज ९ मलेठका ५० वर्षिय जवाहर यादवले तीन महिनादेखी राहत बितरण कार्यलाई निरन्तरता दिएका छन् ।
    बुधबारसम्म उनले २ सय ३७ विपन्न परिवारलाई ६ लाख ५५ हजार मुल्य बराबरको खाद्यान्न राहत स्वरुप बितरण गरिसकेका छन् । सामाजिक कार्यलाई निरन्तरता दिँदै बुधबार पनि उनले दलित बस्तीका ११ परिवारलाई चामल, दाल, खाने तेल र नुन लगायतका राहत सामाग्रि बितरण गरे । 
    नेपाल सरकारले पहिलो चरणमा स्थानिय तहमार्फत एक पल्ट बाडेको राहत पाँच दिनमै सकिएपछि हातमुख जोड्न समस्या भएका बेला यादवले तीन पटक राहत प्रदान गरेका छन् । 
    विपन्न परिवारलाई संकटबाट जोगाएको र यादवले बाडेको खाद्यान्नले यहाँका धेरै गरिबलाई राहत मिलेको दलित अगुवा राजविराज ९ निवासी चरित्तर सदाले बताए । 
    यता समाजसेवी यादवले लकडाउनको प्रभाव अहिलेसम्म देखिएकाले त्यस्ता गरिब परिवारलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइरहने र जनजिवन समान्य अवस्थामा नफर्किएसम्म क्षमताले भ्याएजति गरिब, असहायलाई सहयोग गर्ने क्रम जारि राख्ने उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विवाह अगावै बच्चा जन्माएकी  किशोरीको विचल्ली,  न्यायका लागि आग्रह
विवाह अगावै बच्चा जन्माएकी  किशोरीको विचल्ली,  न्यायका लागि आग्रह
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
हिन्दु राष्ट्र तथा गांै हत्यामा संलग्नलाई  कारवाहीको माग गर्दै प्रदर्शन
हिन्दु राष्ट्र तथा गांै हत्यामा संलग्नलाई  कारवाहीको माग गर्दै प्रदर्शन
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा
सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 
सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो