दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
विश्व स्वास्थ्य संगठनले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि मुलुकबाट अझै कुष्ठरोग निवारण हुन सकेको छैन ।
यसको पछिल्लो उदाहरण राजविराजमा तीन जना कुष्ठरोगका बिरामी फेला परेका छन् । राजविराज नगरपालिका स्वास्थ्य शाखाको सहयोग तथा वडा कार्यालय ९ को संयोजनमा विहिवार आयोजित एक दिने छाला रोग उपचार निःशुल्क स्वास्थ्य शिविरमा ती तीन बिरामीहरु फेला परेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठ अधिकृत गुन्जन प्रसाद यादवले शिविरमा जचाउँन आएका रोगी मध्ये तीन जनामा कुष्ठरोगको संक्रमण देखिएको जानकारी दिएका छन् । उनीहरुको निःशुल्क उपचार सुरु गरिएको उनले बताए ।
यसरी फेला परेका तीन जना कुष्ठ रोगी मध्ये २ जनामा एमबी तथा एक जनामा पिवि प्रकृतिको कुष्ठ रोग देखिएको उनले जानकारी दिए । शिविरमा लालगढ अस्पताल धुनषाका छाला रोग विशेषज्ञ डा. कृष्ण बहादुर तमाङ्गको नेतृत्वमा डा. शंकर मान श्रेष्ठ सहित सात जनाको स्वास्थ्यकर्मी टोलीद्वारा छाला सम्बन्धि रोगको निःशुल्क उपचार सेवा प्रदान गरिएको वडाध्यक्ष शम्भु प्रसाद यादवले जानकरी दिए ।
यसैबीच आयोजित शिविरमा छाला रोगले पीडित ५ सय ६ जनाले निःशुल्क उपचार सेवा प्राप्त गरेका हुन ।
औषधिहरु समेत निःशुल्क उपलब्ध गराइएको शिविरमा राजविराज नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामनारायण देव, सहसंयोजक शोभा साह, सिनियर अहेव शुभाष चन्द्र झा, स्वास्थ्य चौकी मलेठका प्रमुख बैजनाथ मण्डल लगायतले पनि उपचार सेवा र शिविर व्यवस्थापन सघाएकोे राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिए । नगरपालिका र वडा कार्यालय मिलेर शिविर संचालन गरी बिरामीलाई निःशुल्क जाँचेर औषधि वितरण गरेपछि ठुलो राहत मिलेको जचाउन आएका बिरामीहरुले बताएका छन् ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाको तत्याङ्क अनुसार आव ०६७÷०६८ मा ३ हजार १ सय ४१ जना, आव ०६८÷६९ मा ३ हजार ४ सय ८१ जना, आव ०६९÷७० मा ३ हजार २ सय ५३ जना, आव ०७०÷७१ मा ३ हजार २ सय २३ जना, आव ०७१÷७२ मा ३ हजार ५३ र २०७२÷७३ मा ३ हजार ५४ नयाँ कुष्ठप्रभावित व्यक्ति भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयको कुष्ठरोग नियन्त्रण महाशाखाबाट प्राप्त तथ्यांकअनुसार नेपालमा करिब एक लाख ७० हजार व्यक्ति कुष्ठरोगबाट प्रभावित छन् र करिब ३० हजारको कुष्ठरोगका कारण अंगभंग भएको छ । महाशाखाले पछिल्लोपटक कुष्ठरोगको प्रभाव बच्चा र महिलामा बढी भएको जनाएको छ । देशमा कुष्ठरोग निवारण भए पनि अहिले पनि तराईका १६ जिल्लामा कुष्ठप्रभावित व्यक्तिको संख्या मापदण्डभन्दा बढी छ ।
महाशाखाकाको तथ्यांकअनुसार झापा, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, बर्दिया, पर्सा, बाँके, नवलपरासी, मोरङ, कैलाली, बारा, रूपन्देही र सिरहालगायतका जिल्ला बढी प्रभावित रहेका छन् । मुलुकबाट कुष्ठरोग निवारण भएको दाबी गरिएको ७ वर्ष बित्न लाग्दासमेत हाल मधेसका १७ र पहाडका २ जिल्लामा अझै निवारण नभएको देखिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, धनुषा, पर्सा, रौतहट, बारा, सर्लाही, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, रुकुममा हालसम्म कुष्ठरोग निवारण भएको छैन । देशका ८६ प्रतिशतभन्दा बढी कुष्ठरोगको संक्रमण मधेसका जिल्लामा देखिएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ । चिकित्सकहरू भन्छन्, ‘समाजमा अझै यो रोगका कीटाणु सक्रिय छन् ।’
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा पनि राजविराजमा तीन बिरामी फेला परे
सारांश
- यसको पछिल्लो उदाहरण राजविराजमा तीन जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।
- राजविराज नगरपालिका स्वास्थ्य शाखाको सहयोग तथा वडा कार्यालय ९ को संयोजनमा विहिवार आयोजित एक दिने छाला रोग उपचार निःशुल्क स्वास्थ्य शिविरमा ती तीन बिरामीहरु फेला परेका हुन् ।
- जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठ अधिकृत गुन्जन प्रसाद यादवले शिविरमा जचाउँन आएका रोगी मध्ये तीन जनामा कुष्ठरोगको संक्रमण देखिएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया